देवानगञ्जमा स्वयम् सेविकालाई सुविधा नदिएको गुनासो

Radio Nagarik 100.4 MHz बुधबार, आश्विन ०३, २०८०

विराटनगर । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका महिला स्वयमसेबिकाहरुले आफूहरुलाई काम गरेको सुविधा नदिएको गुनासो गरेका छन् । गाउँपालिकाको स्वास्थ्य सेवा गाउँघरमा पुरयाउने र विभिन्न अभिभानमा योगदान गरेको भएपनि स्वास्थ्य स्वयमसेविकालाई उपेक्षा गरेको भन्दै काम गरेको पारिश्रमिक सुविधा दिनुपर्ने माग गरेका छन् । देवानगञ्जकी महिला स्वास्थ्य स्वयमसेविका समूहकि अध्यक्ष ४५ वर्षिया किरणदेवी मेहताले आफूहरुले संचालन गरेको गाउँ किल्निक बापतको चिया नास्ता साथै भत्ताको माग गर्नुभएको छ ।
उहाँका अनुसार कुनै पनि कार्यक्रममा सहभागि गराउने र महिनामा तथ्यांक संकलन गरेर दिएवापतको शुल्क नमिल्दाँ समस्या भएको हो । अर्का स्वयमसेविका ४० वर्षिया कविता मेहताले स्वयमसेविकाहरु प्रत्येक नागरिकको घरघरमा गई सेवा दिएको तर काम गरेको पारिश्रमिक नपाउँदा काम गर्न नै जागर मर्न थालेको गुनासो पोख्नुभयो । आमा समुहको बैठकमा २५ जनालाई बोलाउँदा कार्यक्रममा आउन मान्दैन, आएकालाई चिया जाखाँ समेत दिँदैन त्यसैले सबलाई भत्ता उपलब्ध गराउन अनुरोध गरेको भएपनि सुनुवाई नभएको बताउनुभयो । सुत्केरी महिलालाई स्यहारसुसार गर्न जादाँ, सहयोगीको भुमिकामा जादाँ सम्भव नभएपछि बिरामी लिएर बिराटनगर जादाँ यातायात खर्चसम्म नदिएको गुनासो मेहताले पोख्नुभयो ।
अर्का स्वयमसेविका ३५ वर्षिया सगिरा खातुनले प्राथमिक उपचार गर्न घरघर पुग्छौ तर स्थानीय सरकारले स्यवमसेविकाको लागि केही सुविधा नदिएको गुनासो गर्नुभयो । आफूहरुको टाउँकोमा काम मात्र थग्ने गरेको तर त्यस बाप्तको सेवा सुविधा नदिएको गुनासो उनीहरुले गरेका छन । यता देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले सुविधा नदिने कुरा पहिलो पटक सुनेकोले प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा प्रमुखसंग बुझेर नदिएको भए दिन लगाउने बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!