Sphere TOT तालिम सुरु

डुमरलाल मेहता सोमबार, भाद्र २५, २०८०

विराटनगर । Sphere TOT तालिम सुरु भएको छ । आइतबार विराटनगरको एक होटलमा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) आयोजनामा तीन दिने तालिम सुरु भएको हो । जिल्ला समन्वय समिती मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र स्थानिय सरकारको सहकार्यमा सो तालिम सुरु भएको हो । यो तालिम कोशी प्रदेशमा पहिलो पटक गरिएको (हर्ड नेपार्ल)का अध्यक्ष राकेश यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार बंगालादेशबाट Sphere तालिममको लागि आउनु भएका सहजकार्ताहरुले विपत्ती र द्वन्दबाट उत्पन्न हुने मानवीय पीडालाई कम गर्न सबै सम्भावित कदमहरू चाल्नु र दोस्रो पक्ष विपद्बबाट प्रभावितहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ र त्यसलाई सहयोगको अधिकार हुनेछ सम्बन्धमा  प्रशिक्षकहरुले सहभागीलाई जानकारी गराउछ । प्रशिक्षणका लागि बंगलादेशबाट सारिफुल अालम र सविना एसविनले ट्रेनिङ दिने बताउनुभयो ।

उक्त तालिममा सुनसरी र मोरङका विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष, बिपद ब्यवस्थापनका कर्मचारी, स्वास्थ संयोजक, IT कर्मचारी लगायतको सहभागी रहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!