इटहरीमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउदै

Radio Nagarik 100.4 MHz बिहिबार, बैशाख १६, २०७८

इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरुलाई सकृय वनाउन थालिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको वैठकले गरेको निर्णय वमोजिम टोल विकास सस्थाहरुलाई सक्रिय वनाउन थालिएको हो । सो निर्णयलाई कार्यावन्यन गर्न वडा नम्वर ९ को आयोजनामा टोल विकास सस्थाका अध्यक्षहरु र सरोकारवालाहरुको वैठक सम्पन्न भएको छ । वडाध्यक्ष भूपेन्द्र वरालका अनुसार आफनो टोलमा विदेश वाट आएका ब्यक्तिहरु,पोजेटिभ विरामीको सम्पर्कमा आएका ब्यक्तिहरु र परीक्षण सिफारिस भई नतिजा नआइसकेका ब्यक्तिहरुले १० दिन सम्म क्वारेण्टिनमा वसे नवसेको टोल विकास सस्थाले निगरानी गर्ने निर्णय गरिएको छ । क्वारेण्टिन वा होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास सस्थाहरुले भूमिका निर्वाह गर्ने छन । होम आइसोलेसनमा वसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका वारेमा जानकारी गराउने र सावधानी अपनाएको नअपनाएको वारेमा अनुगमन समेत गर्ने छन । टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा वढि भेला हुन नदिने र भएमा वडाकार्यालयमा रिर्पोटिङ्ग गर्ने छन । टोलमा रहेका हाटवजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने वैठकले निर्णय गरेको छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!