डेंगीबाट कोशीका १२ जिल्ला प्रभावित

Radio Nagarik 100.4 MHz सोमबार, साउन २२, २०८०

विराटनगर । कोशी प्रदेशमा डेंगी रोगको संक्रमणबाट १२ जिल्ला प्रभावित बनेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगाबाहेक सबैमा संक्रमित देखिएका छन् ।
आइतबारसम्म प्रदेशभर ६ हजार ४ सय ६४ जना संक्रमित पाइएका छन् । सबैभन्दा बढी सुनसरीमा ४ हजार ५ सय ५८ र सबैभन्दा कम खोटाङमा ४ जना रहेको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवेचना चौलागाईले बताउनुभयो । मोरङमा ९ सय १८, झापामा ४ सय ५४, उदयपुरमा १ सय ६१, धनकुटामा १ सय ८ संक्रमित छन् । अघिल्लो महिनासम्म सुनसरी, मोरङ, झापा र संखुवासभामा सीमित संक्रमण दुई सातायता अन्य जिल्लामा फैलिएको हो ।

चौलागाईंका अनुसार भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथुममा ५८, इलाममा २५, ताप्लेजुङमा ११ र पाँचथरमा ५ संक्रमित छन् । संक्रमणबाट अत्यधिक प्रभावित सुनसरीको धरानमा स्वास्थ्य मन्त्रालय तथा प्रदेशबाट विशेषज्ञ टोलीसहित डेंगी रोगथाम तथा उपचार केन्द्र स्थापना गरिएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

०७६ मा प्रदेशका ११ जिल्लामा डेंगी महामारीका रूपमा फैलिँदा पाँच हजार जना बढी प्रभावित भएका थिए । त्यसपछि छिटपुट बिरामी देखिए पनि यस वर्ष सुनसरी व्यापक फैलिएकाले सजकता अपनाउन निर्देशनालयले सुझाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!