अर्थतन्त्र थप प्रभावित हुने जोखिममा : गभर्नर

Radio Nagarik 100.4 MHz बिहिबार, बैशाख १६, २०७८

नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गर्ने भएको छ ।
कोभिड–१९ को सङ्क्रमणबीच राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको भन्दै गर्भनर अधिकारीले कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैरपरम्परागत, लचिलो एवं सहजीकरणसहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिने बताउनुभयो ।
राष्ट्र बैङ्क आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्बोधन गर्दै उहाँले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानका लागि सहयोग गर्न, वित्तीय उपकरण एवं पूर्वाधारहरूको समयसापेक्ष विकास गर्न, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवद्र्धन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ राष्ट्र बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो ।
कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको अवस्था र कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको उहाँको भनाइ थियो ।
मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक सङ्कटको संयमतापूर्वक उचित व्यवस्थापनसहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिएको बताउँदै गर्भनर अधिकारीले महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको भए पनि कोभिड–१९ को जोखिम भने कायमै रहेको चर्चा गर्नुभयो ।
राष्ट्र बैङ्क सूचना तथा सञ्चार नीति–२०७७ जारी गरिएको जानकारी दिँदै उहाँले बैङ्कको वेबसाइट अद्यावधिक गर्ने कार्य सम्पन्न गरिएको बताउनुभयो ।
बैङ्कको तेस्रो रणनीतिक योजना २०१७–२०२१ अन्तर्गत बैङ्कका सूचना प्रविधि प्रणाली, संरचना तथा पूर्वाधारहरूको स्थापना, स्तरोन्नति एवं सबलीकरण गर्न कन्टेन्ट म्यानेजमेन्ट सिस्टमसहितको नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको, बैङ्कको सूचना प्रविधिको सुरक्षा व्यवस्थालाई बलियो बनाउन सेक्युरिटी इन्फरमेसन एन्ड इभेन्ट म्यानेजमेन्ट प्रणाली जडान गरी कार्यान्वयनमा ल्याइएको जनाउनुभयो ।
बैङ्कमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छलफल, सेमिनार तथा तालिम लगायतका कार्यक्रमहरू अनलाइन माध्यमबाट सञ्चालन गर्नका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
राष्ट्र बैङ्कले मासिक रूपमा तयार गरी प्रकाशन गर्दै आएको बैङ्कको अपरिष्कृत मासिक वासलातलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) सँग तादात्म्य हुने गरी परिमार्जित गरेर प्रकाशन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारबाट कोभिड–१९ बाट प्रभावित उद्यम/व्यवसाय सञ्चालनमा निरन्तरताका लागि तयार गरिएको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ कार्यान्वयनका सिलसिलामा खोलिएको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा राष्ट्र बैङ्कको तर्फबाट तीन अर्ब लगानी गर्ने प्रतिबद्धता बमोजिम एक अर्ब ४६ करोड जम्मा गरिएको गर्भनर अधिकारीले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!