मैथिल सञ्चारकर्मी संघले गर्यो ५ जनालाई पुरस्कृत

डुमरलाल मेहता आइतबार, चैत्र १२, २०७९

विराटनगर । मैथिल संचारकर्मी संघ नेपालले मैथिली भाषा,संस्कृति सहित सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ५ जनालाई पुरस्कृत गरेको छ ।

मैथिल संचारकर्मी संघ नेपाल कोशी प्रदेशद्वारा शनिवार आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षी नगद रु २१ हजार एक सय ११, उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार एक सय ११, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारबाट राधादेवी मण्डल रु सात हजार एक सय ५१ रामपरिदेवी पत्रकार पुरस्कारबाट ब्रह्मदेव यादव रु पाँच हजार एक सय ११ र कौशल्या मुसहरी स्मृति पुरस्कारबाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताले आफ्नो मातृभाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक भएको जानकारी दिनुभयो ।
मैथिली भाषामा गरिने अध्ययन, लेखन, बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार राख्नुभयो । उहाँले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोबास गर्ने विपन्न मैथिली भाषीलाई शिक्षामा पहुँच पुर्‍याउन आवश्यक सहयोग गर्ने बताउनुभयो । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार एक सय ११ को अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मैथिल संचारकर्मी संघ नेपालका अध्यक्ष नवीन कर्ण, महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले मैथिली भाषा विकासको लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!