आयुर्वेद चिकित्साबाट पनि उपचार शुरु

Radio Nagarik 100.4 MHz बिहिबार, बैशाख १६, २०७८

मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)मा आयुर्वेद औषधालय शाखा स्थापना गरिएको छ । गाउँपालिकासहित लमजुङको उत्तर पश्चिम भेगका नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश आयुर्वेद औषधालय केन्द्रले शाखा सञ्चालनमा ल्याएको छ ।

सङ्घीय सरकारको जीवनशैली व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र रहेका ठाउँमा आयुर्वेद औषधालयको सेवा सञ्चालनको योजनाअनुसार चिकित्सकसहित आयुर्र्वेदको सेवा विस्तार गरिएको प्रदेश आयुर्वेद औषधालय पोखराका प्रमुख कुमार कासुलाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिका र स्वास्थ्य केन्द्रले उपलब्ध गराएको भौतिक पूर्वाधार संरचनाको प्रयोग गरेर योग, प्राणायाम, ध्यानलगायतका उपचार पद्धतिका माध्यमबाट नसर्ने र दीर्घरोगको उपचारका लागि विशेष जोड दिइनेछ ।

कासुलाले भन्नुभयो, “नेपालको मौलिक चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेदको ज्ञान वर्षोदेखि नजानिँदो किसिमले पनि पुस्तान्तरण भइरहेको छ, जडिबुटीको प्रयोग हुने आयुुर्वेद औषधीको प्रयोगमार्र्फत ग्रामीण क्षेत्रका जनतालाई स्वास्थ्य सुविधा प्रदान गर्न शाखा सञ्चालनमा ल्याएका हौँ ।”

यसैगरी बाथरोगका लागि स्नेहन(मालिस) र स्वयदन(बाफले सेक्ने) लगायतका पद्धतिबाट समेत बिरामीको उपचार गरिने शाखा प्रमुख डा। दीपक भुसालले बताउनुभयो । नेपाल सरकारले तोकेका २३ थरीका विभिन्न आयुर्वेद औषधि पनि निःशुल्क विरतण गरिने उहाँले जानकारी दिनुभयो । आयुर्वेद चिकित्सक र एक जना पञ्चकर्म सहायक गरी दुई जनाले सो शाखाबाट बिरामीलाई सेवा प्रदान गर्नेछन् ।

गण्डकी आयुर्वेद औषधालयले यसअघि विसं २०७५ मा माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि शाखा सञ्चालमा ल्याएको थियो । आयुर्वेद प्रमुख कसुजाका अनुसार चालू वर्षमा मादी गाउँपालिकाको सिक्लेस, अन्नपूर्ण गाउँपालिकाको नौडाँडा र पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा गरी तीन वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी परामर्श सेवासहित आयुर्वेद औषधी निःशुल्क वितरण गरिएको जनाइएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!