बीपी प्रतिष्ठानमा गम्भीर अवस्थाका बिरामीले मात्र उपचार पाउने

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८

प्रदेश १ र प्रदेश २ को रिफरल सेन्टर मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक उपचार सेवा लिनुपर्ने बिरामी बाहेक सामान्य बिरामीलाई अस्पताल नआउन सार्वजनिक अपिल गरेको छ ।प्रतिष्ठानले बुधबार अपिल जारी गर्दै चिकित्सक, नर्सहरुसमेत संक्रमित हुन थालेकाले जनशक्ति सीमित भएको जनाएको छ । भएका जनशक्ति कोभिड अस्पतालमा केन्द्रित भएकाले गम्भीर किसिमका बिरामीमात्र उपचारका लागि आउन आग्रह गरेको हो । सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेपनि ओपीडी सेवाहरु भने तत्काललाई बन्द नगरिएको सहायक अस्पताल निर्देशक डा। प्रमोद बरालले बताए ।कोरोना महामारीको पहिलो लहर सुस्त भएपछि प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको थियो । कोरोनाको दोस्रो लहर चलिरहँदा पनि सर्वसधारणहरु करिब दैनिक ३ हजार जना उपचारका लागि आउने गरेपछि अस्पतालबाटै संक्रमण फैलन सक्ने भन्दै गम्भीर बिरामीलाई मात्र आउन भनिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा। गौरीशंकर साहले बताए ।

उनले कोभिडको दोस्रो लहरको असर बढ्दै गएपछि अस्पतालमा कोभिड १९ उपचार सेवा थप विस्तार गर्नुपर्ने देखिएको र आकस्मिक बाहेकका प्रतिष्ठानका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउनसक्ने पनि प्रतिष्ठानले प्रष्ट्याएको छ ।

प्रतिष्ठानले केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई रुटिङ अप्रेसनबाट नाम हटाउन थालेको छ । रुटिङ अप्रेसन गर्नुपर्ने बिरामीको संख्या प्रतिष्ठानमा ६ महिनासम्मका लागि दर्ता भइसकेका थिए । पहिलो लहरको कोरोना महामारीको बेला प्रतिष्ठानले विभिन्न विभागका चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गरेर फोनमार्फत नै उपचार सेवाको परामर्श लिन सकिने बनाएको थियो ।पछिल्लो एकसाता यता प्रतिष्ठानमा विभिन्न विभागमा कार्यरत कन्सल्ट्यान्ट, सिनियर र जुनियर चिकित्सक, नर्सहरु गरी १६ जना संक्रमित भइसकेका छन् भने कोभिड अस्पतालमा गम्भीर किसिमका ३० जना कोरोना संक्रमित भर्ना भएका छन् । पाँच जनाको मृत्यु भएको छ ।

 

श्रोत: ई कान्तिपुर

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!