सुनसरीका नाकाबाट प्रवेश निषेध

नेपाली नागरिकको हकमा भण्टाबारी नाकामात्र खुला

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८

भारतसँग सीमा जोडिएका नाकाबाट सुनसरीमा बुधबारदेखि प्रवेश निषेध गरिएको छ । जिल्ला प्रशासनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर प्रवेश निषेध गरिएको हो । नेपाली नागरिकको हकमा कोशी गाउँपालिका–८ मा पर्ने भण्टाबारी नाकामात्र खुला गरिएको छ ।

जिल्ला प्रशासनले भण्टाबारी नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकका लागि हेल्प डेस्क राखिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनले भने,‘पछिल्लो दुई सातायता झन् तीव्र भएको कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेसँगै खुला सिमानालाई बन्द गर्न जनपद र सशस्त्र प्रहरीको संख्या बढाइएको छ ।’

प्रजिअ ढकालकाअनुसार खुला सीमा नाकाका कारण मानिसको आवागमन बढ्दा कोरोना संक्रमणको दर वृद्धि भएको छ । उनले भने, ‘भारतसँग सुनसरीको कोशी ब्यारेजदेखि केसल्या खोलासम्ममा ६२ किलोमिटर सिमाना खुला छ । त्यस सीमा क्षेत्रमा सशस्त्रका १० वटा बीओपी (बोर्डर आउट पोष्ट) रहेका छन् ।’

खुला सिमाना भएकैले जसलाई जतिखेर आउन मन लागे आउने र जान मन लागे जाने भएकाले पहिलेको भन्दा कडा निगरानी गर्न थालिएको प्रजिअ ढकालले बताए । उनले भने, ‘भारतका विभिन्न प्रान्तमा पनि कोरोना संक्रमण बढिरहेको र नेपालसँगको खुला सिमानाबाटै छिर्नेहरुले पछिल्लो समयमा कोरोना संक्रमण बढाएको देखिएकाले सिमा बन्द गरिएको हो ।’

सीमा क्षेत्रमा मानिसको आवागमन रोक्न ६ सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान, इटहरी लगायतका क्षेत्रमा रहेको सशस्त्र र जनपदका जनशक्तिलाई व्यवस्थापन गरी सीमा क्षेत्रमा परिचालित गरिएको उनले बताए ।

सीमा क्षेत्रमा ९ वटाको संख्यामा फरवार्ड पोष्ट सञ्चालनमा ल्याएको छ । ती पोष्टमा आवश्यक्ता अनुसारको सुरक्षाकर्मी थप गर्दै लैजाने बताइएको छ । खुला सिमानामा निगरानी राख्नका लागि पैदल गस्तीका साथै साइकल, मोटरसाइकल र गाडीबाट हुने गस्ती बढाइएको छ भने रातिको समयमा समेत निगरानी र सर्तकता बढाइएको जनाएको छ ।

यसैबीच स्थानीय तहसँग समन्वय गरेर कोरोना संक्रमितहरुका लागि सुनसरीका १२ स्थानीय तहहरुमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको छ । निर्णयअनुसार धरान, इटहरी, इनरुवाले आफ्नै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने छन् भने कोशी र भोक्रा, रामधुनी र बराहक्षेत्र नगरपालिका, बर्जु–देवानगन्ज र गढी गाउँपालिकाले एक आपसमा मिलेर आइसोलेशन सेन्टर सञ्चालन गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए ।

श्रोत: ई कान्तिपुर

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!