राष्ट्रिय खेलकुदमा एभरेष्ट स्कुलका ८ विद्यार्थीले गरे कोशी प्रदेशको प्रतिनिधित्व

भोजराज घिमिरे शनिबार, मंसिर १३, २०८३

राष्ट्रिय खेलकुदमा एभरेष्ट स्कुलका ८ विद्यार्थीले गरे कोशी प्रदेशको प्रतिनिधित्व
विराटनगर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका ८ जना विद्यार्थी खेलाडी सहभागी भएका छन्।
कर्णाली प्रदेशमा मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगितामा विभिन्न ३२ विधाका खेल समावेश छन्। तीमध्ये लन टेनिसबाहेक ३१ विधामा कोशी प्रदेशले सहभागिता जनाएको कोशी प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ। सहभागी खेलाडीमध्ये दुई विधामा एभरेष्ट स्कुलका ८ विद्यार्थी छनोट भएका हुन्।
कोशी प्रदेशबाट पौडी विधामा सहभागी हुने १२ खेलाडीमध्ये ६ जना एभरेष्ट स्कुलका विद्यार्थी छन्। राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेमा कक्षा ७ का काब्या कार्की र पुरव तिम्सिना, कक्षा ६ की आश्ना कटुवाल, कक्षा ९ का रेहान अन्सारी, कक्षा १० का धावा साङ्गे तामाङ तथा बीआईटीका सम्राट पाठक रहेका छन्। । त्यसैगरी अर्को खेल विधामा कोशी प्रदेशबाट सहभागी हुने १० खेलाडीमध्ये एभरेष्ट स्कुलका कक्षा १२ का प्रणिता गिरी र सुशान्त मेहता छनोट भएका छन्।
आफ्ना विद्यालयका ८ जना विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा गौरव व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भने, ‘हाम्रो सपना साकार हुँदैछ। हरेक क्षेत्रमा विश्वभर प्रतिस्पर्धी हुनुपर्छ।’
प्रतियोगितामा कोशी प्रदेशबाट ७७५ जना खेलाडीको सहभागिता रहने जनाइएको छ। सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले यस वर्ष कोशी प्रदेशले विगतका प्रदर्शन र कीर्तिमान तोड्ने विश्वास व्यक्त गरे। उनले भने, ‘विगतका रेकर्ड यस वर्ष कोशी प्रदेशले तोड्छ।’
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि मङ्सिर ८ गतेदेखि नै खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन्।
प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घका टोली सहभागी छन्।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342