मौन — एक गहिरो भाषा

निता बिम्ब शनिबार, साउन १८, २०८२

मौन — एक गहिरो भाषा
– नीता बिम्ब

मौन, जसलाई Language of Silence अर्थात् मौनताको भाषा भनिन्छ, त्यो यस्तो संवाद हो जसमा शब्दहरूको प्रयोग हुँदैन, तर भावना, विचार, इच्छा र अनुभूति प्रकट हुन्छन्। यो सूक्ष्म, गहिरो र ठोस भाषा हो – जुन प्रायः आत्मसंवाद, आध्यात्मिक चिन्तन, ध्यान, साधना र गहिरा भावनात्मक सम्बन्धहरूमा उपयोग गरिन्छ।

मौन यस्तो शक्ति हो जसले बोल्नु अघि नै बुझाउँछ। यो एक मौन संवाद हो, जसमा न त कुनै स्वर हुन्छ, न त आवाज – तर यसको प्रभाव शब्दभन्दा गहिरो हुन्छ। यो वादविवादभन्दा परको अवस्था हो – जहाँ मनको हलचल शान्त हुन्छ र आत्मा बोल्न थाल्छ।

तत्वदर्शी, योगी, साधक, तथा अध्यात्मिक यात्रामा रहेका अनुयायीहरूका लागि मौन अन्तर्मनको यात्रा हो। मौन आत्माको भाषा हो – आत्माको उत्कृष्ट अभिव्यक्ति। संसारमा प्रत्येक व्यक्तिको पहिचान उसको वाणी र व्यवहारले गरिन्छ, तर कहिलेकाहीँ मौन नै उसको सबैभन्दा बलियो परिभाषा हुन्छ।

मौनमा कहिले बेवसी हुन्छ, कहिले स्वीकृति। कहिले विश्वास हुन्छ, त कहिले रिसको सहनशक्ति। मौनमा भक्ति पनि हुन्छ, शक्ति पनि। मौनता आफैंमा भाषाको शक्तिशाली स्वरूप हो – जसले समवेदना, भावना, शरीरको मुद्रा, हातको इशारा, आँखाको सम्पर्कमार्फत धेरै कुरा व्यक्त गर्छ।

मौनले धेरै कुरा आफैँभित्र समेटेको हुन्छ। समुद्रको मौन लहरभित्र प्रलय लुकेको हुन्छ, बर्खाको थोपामा खोला लुकेको हुन्छ। बिउको मौनताभित्र विशाल रूख लुकेको हुन्छ, चलिरहेको हावामा आँधी लुकेको हुन्छ। मुस्कानको मौनताभित्र पीडा लुकेको हुन्छ।

शिवको मौनमा संहारको शक्ति लुकेको हुन्छ, गौतम बुद्धको मौनमा ज्ञानको उदय लुकेको हुन्छ। पृथ्वीको मौन धैर्यमा सृजनाको शक्ति छ। त्यसैले मौन केवल मौन होइन, परिवर्तनको भाषा पनि हो। यो मौन शान्तिको आशा हो – तर जब मौन टुट्छ, त्यसले कहिले काँही प्रलय ल्याउन सक्छ।

मौन आफैँमा एक परिभाषा हो – एक दर्शन हो। बोल्नु सधैँ आवश्यक हुँदैन, कहिलेकाहीँ मौन नै सबैभन्दा बुलन्द आवाज बन्न सक्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!