सेयर बजारमा सामान्य अंकको सुधार,३ अर्बमाथिको कारोबार

Radio Nagarik 100.4 MHz आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेर ३५०.८२ विन्दुमा कायम भएको छ।

यसदिन ३११ स्क्रिप्सको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ७.५२ अंकले बढ्दा युनाइटे८ अजोड इन्स्योरेन्सको ५.६९,हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.५५ र एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले सेयर मूल्य बढेको हो।

आज १२७ स्टकको मूल्य बढ्दा १११ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो। तीन समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। होटल्स एन्ड टुरिम समूहको उपसूचक २० अंकले घट्यो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!