जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा सम्बोधन गर्दा नेपालको मधेशी भेषभूषा धाेती, सुरुवाल–कुर्ता तथा गम्छा/पकडी लगाउन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत राउतले प्रधानमन्त्रीसँग आफूहरूको अपेक्षा यूएनलाई मधेशी भेषभूषामा सम्बोधन गर्नु रहेको बताएका हुन्। उनले यस्तो पोसाकमार्फत नेपाल ‘एकल जातीय राष्ट्रवाद’ मात्र नभई बहुसांस्कृतिक मुलुक भएको सन्देश विश्वमा दिन सकिने […]
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित स यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको […]
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवारीविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताएका हुन्। विद्रोहमा उत्रिएका जनताको नेतृत्व कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि […]
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार राष्ट्रपति निवासमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रपतिको कार्यक्रमअघि आजै सरकारको तर्फबाट काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवसको मूल समारोह आयोजना गरिएको थियो। टुँडिखेलको औपचारिक कार्यक्रम सम्पन्न भएपछि शीतलनिवासमा विशेष […]
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्र, लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताएका छन्। पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिसँगको भेटमा दाहालले सरकारले परिवर्तनका उपलब्धि, लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र ट्रेड युनियन अधिकारमाथि प्रहार गरिरहेको बताएका हुन्। दाहालले लोककल्याणकारी विज्ञापनको रकम बढाउने निर्णय आफू प्रधानमन्त्री भएका बेला नै गरिएको भन्दै सञ्चारमाध्यमलाई […]
नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया शनिबारदेखि वडा तहबाट सुरु हुँदै छ। महाधिवेशनलाई लिएर पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला गाउँ र वडास्तरका कार्यकर्ता अधिवेशनमा सक्रिय रूपमा जुटेका छन्। देशभरिका वडामा शनिबार र आइतबार अधिवेशनसहित नेतृत्व चयन हुँदैछ। केन्द्रमा नेताहरूले समानान्तर कार्यतालिका अघि सार्दै एकअर्काको महाधिवेशन बहिस्कार गर्न आह्वान गरिरहेका छन्।
३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ । यस्ता छन् निर्णयहरू– –देहायका व्यक्तिहरूलाई […]
विराटनगर । कोशी प्रदेशका सत्ता सहयात्री दलहरू; नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्माण गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको छ । कार्यदलका तर्फबाट नेकपा संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई साझा कार्यक्रम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुखमार्फत संसद्बाट पारित भइसकेको ‘आर्थिक […]
नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् । राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी […]