दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा हत्या

अछाम। अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । […]

न्युरो अस्पतालमा अत्याधुनिक मोडुलर अपरेशन थिएटरको उद्घाटन

विराटनगर । न्यूरो अस्पतालले अत्याधुनिक मोडुलर अपरेशन थिएटर (OT) को उद्घाटन गरेको छ। आज मोडुलर अपरेसन थिएटर उद्घाटन गर्दै यो नयाँ प्रणालीले एकै समयमा पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमता राख्नेछ, जसले बिरामीलाई छिटो सेवा पुर्‍याउने र अस्पतालको शल्यक्रियासँग सम्बन्धित क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ। अस्पतालका अनुसार, नयाँ अपरेसन थिएटरमा अत्याधुनिक प्रविधि जडान गरिएको […]

गोल्डेन हस्पिटलमा बरिष्ठ न्यूरो सर्जन डा. बिबेक बैद्यको आगमन

विराटनगर ।  विराटनगरस्थित गोल्डेन हस्पिटलले बरिष्ठ एम.सी.एच. न्यूरो सर्जन डा. बिबेक बैद्यलाई भित्र्याएको छ। नेपालका प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा सँग १० वर्षको अनुभव संगालेका डा. बैद्य १६ वर्षदेखि न्यूरो तथा स्पाइन सर्जरीको क्षेत्रमा क्रियाशील छन्। गोल्डेन हस्पिटल, विराटनगर–११ महेन्द्र चौक नजिक, सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रदान गरिरहेको छ। हस्पिटलका प्रशासक सुधिर सिंह […]

बिराट एक्सपो २०२५: हुलास मोटर्सको काग्रो हस्तान्तरण

विराटनगर । बिराटनगरमा जारी बिराट एक्सपो २०२५ का अवसरमा हुलास मोटर्सले आफ्नो विद्युतीय काग्रो सार्वजनिकरूपमा हस्तान्तरण गरेको छ। अर्जुन मेहताले हुलास मोटर्सको काग्रो खरिद गर्नुभएको हो। हुलास मोटर्सको तर्फबाट मुदित गोल्छा र उद्योग संगठनका पूर्व प्रतिनिधि श्याम पौडेलले संयुक्तरूपमा काग्रो हस्तान्तरण गर्नुभएको थियो। हुलास मोटर्सले यस एक्सपोमा काग्रो र सिटी रिक्साको ब्याट्री समेत उपलब्ध गराएको […]

आधारभूत विद्यालय घुस्कीको वि. व्य. स अध्यक्षमा खान सर्वसम्मत चयन

विराटनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ७, कविलासा स्थित खान चौकमा रहेको श्री आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष मोजम्मील खान सर्वसम्मत चयन हुनुभएको छ। समितिको सदस्यहरुमा प्रमोद मेहता, बिनोद कुमार सरदार, नाजिम खाँ, सुनिता उराँव, गुजिया कुमारी साह र गायत्री देवी साह चयन भएको हो । आइतबार अध्यक्ष पदमा चयन […]

कोशी प्रदेशका मुख्यमन्त्रीले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा […]

फोहोरको डस्टबिनमा सालनाल सहितको नवजात शिशुको शव फेला

काठमाडौं। प्युठानमा डस्टबिनभित्र नवजात शिशुको शवफेला परेको छ। सरुमारानी गाउँपालिका-२, दर्भानमा बिहीबार बिहान फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शिशुको शव सालनालसमेत नकाटिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी निरीक्षक केशव केसीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। […]

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]

नेशनल टेक चेलेन्जरस विजय, क्यान प्रिमियर लिग 2025 भव्य रूपमा सम्पन्न

विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ मोरङको आयोजनामा सम्पन्न क्यान प्रिमियर लिग 2025 मा नेशनल टेक चेलेन्जरस विजेता घोषित भएका छन्। प्रतियोगिता विराटनगरको द स्पोर्ट्स हब मा भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगितामा मोरङलाई कार्यक्षेत्र बनाएर आई.सि.टी. क्षेत्रमा सक्रिय ५० भन्दा बढी व्यवसायी र कर्मचारीहरूले भाग लिएका थिए। सात समूहमा विभाजित टोलीमध्ये नेशनल टिच […]

देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न

विराटनगर । सुनसरी जिल्लाको सीमा क्षेत्रस्थित देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा, उपाध्यक्ष विभा कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सहितका सभा सदस्यहरूको उपस्थिति रहेको यस अधिवेशनले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। सभामा उपाध्यक्ष विभा कुमारी यादवले कार्यपालिका निर्णय, अस्थायी/करार/ज्यालादारी कर्मचारीहरूको म्याद थप, […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342