देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको शुक्रवार उद्घाटन भएको छ । एक कार्यक्रम आयोजना गरी उक्त भवनको उद्घाटन गरेको हो । प्रमुख अतिथी तथा प्रतिनिधी सभा सदस्य सीताराम मेहता, विशिष्ट अतिथी तथा प्रदेशसभा सदस्य राजिव कोईराला र विशिष्ट अतिथी तथा देवानगञ्ज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहताले संयुक्त रुपमा शुक्रवार वडा कार्यालय भवनको उद्घाटन गरेको स्थानिय सुरेस मेहताले जानकारी दिए । उक्त भवनको लागत ४२ लाख रहको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मेहताले जग्गा दाता शुभकामना र धन्यवाद ब्यक्त गर्दै देवानगञ्ज गाउँपालिकामा शिक्षा, स्वास्थ्य, बाटो लगायतमा राम्रो विकास भएको बताए । देवानगञ्ज गाउँपालिकाको प्रशासनिक भवन गौरव योजना रेहेको बताए ।
प्रदेशसभा सदस्य राजिव कोईरालाले वडा कार्यालयको प्रशासनिक भवन समय पुरा गरेकोमा धन्यवाद ब्यक्त गरेको छ । पिछिडिइएको देवानगञ्ज गाउँपालिका अहिले निकै विकास भएको छ । विकास र शान्ति सुरक्षामा हाम्रो निकै भुमिका रहेको बताए ।
प्रतिनिधी सभा सदस्य सीताराम मेहताले आजदेखि ५ वर्ष पहिले देवानगञ्ज गाउँपालिकाको अवस्था के थियो र अहिले देवानगञ्ज गाउँपालिकामा बाटो शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षामा परिवर्तन भएको छ । कांग्रेस जति बोल्छ त्यही गर्छ । म भनेको थिए कप्तानगञ्ज देखि ईनरुवासम्म बाटो बनाउछु अहिले १ अरब २४ करोडमा ठेक्का लागेको छ । काम सुरु भइसकेको छ । त्यस्तै अरु भनेको थिए पाचोसिम्मर देखि इनरुवाको महेन्द्र राजमार्गमा जोड्ने बाटो बनाउछु अहिले काम सुरु छ । त्यस्तै अरु काम भइसकेको छ र अरु काम भइरहेको बताए ।
कार्यक्रममा जग्गा दाता किसुन्देव मेहता, नेपाली कांग्रेसको क्षेत्रीय सभापति श्यामलाल मेहता लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिनिधी सभा सदस्य सीताराम मेहता, प्रदेशसभा सदस्य राजिव कोईराला, देवानगञ्ज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, आलम अन्सारी, वडा अध्यक्षहरु, देवानगञ्ज गाउँपालिकाका नेपाली कांग्रेसको सभापति जगधर यादव, प्रमुख प्रशासकिय अधिकृत चुडामनि गुरागाई, कृष्ण मा. वि.को प्रधनाध्यापक उमेश मेहता लगायतको सहभागीता रहेको थियो ।