देवानगञ्ज गाउँपालिकामा एकल र जेष्ठमहिलालाई सम्मान

डुमरलाल मेहता बुधबार, फाल्गुण २५, २०७८

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउपालिकामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको आवसरमा महिला सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोग, Voice of children र साझा सवालको लागि साझा मञ्च (कोकन) समन्वय र देवानगञ्ज गाउपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

देवानगञ्ज गाउँपालिका अगाडिबाट निकालिएको र्‍याली विभिन्न ठाउँको परिक्रमा गरि बजार हुँदै फेरि गाउँपालिका पुगेर कार्यक्रममा परिनत भएको थियो । नारी दिवस अवसर पारेर एकल र जेष्ठ महिलालाई फलफुल र दोसला ओढाई सम्मान गरेको उपाध्यक्ष पुनिता देवी यादवले बताए ।

कार्यक्रममा गाउपालिका अध्यक्ष लालीप्रसाद मेहताले महिला अब कमजोर छैन,पुरुष सरह हरेक क्षेत्रमा अगाडि छन । महिलाहरुले आफ्नो अधिकारको लागि महिलाहरु नै अगाडी बढ्नुपर्छ हामीबाट हुने सहयोग हुन्छ ।
महिला तथा बालबालिका शाखाका सृजना पोख्रेलले कानुन महिला मैत्री हुँदा पनि समाज महिला मैत्री हुन नसकेको उनले बताइन् । समाजमा गरिने व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उनको भनाई छ ।


कार्यक्रममा गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, (कोकन)का सहदेव मण्डल, Voice of childrenका सम्झना चौधरी, DPO अध्यक्ष डुमरलाल मेहता, पुनम मेहता लगायत महिलाहरुको ब्यापक उपस्थिति रहेको थियो ।

यता बर्जु गाउँपालिकामा ११२ औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिला मजदूर श्रमिकलाई समान कार्यक्रम आयोजाना गरि मनाएको बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरिले जानकारी दिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!