अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

डुमरलाल मेहता शनिबार, फाल्गुण ०७, २०७८

विराटनगर । मोरङको विराटनगरमा रहेको आदर्श बिधालयमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।आदर्श बिधालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भरेको हो । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना नेपाल सरकार र स्वीस सरकारको सम्झौता अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम रहेको बताउनुभयो ।

२४ महिना IT कोर्स रहेको छ । आदर्श बिधालय कार्यक्रममा बिधालयको सहायक प्रधानाध्यापक सन्तोष पोख्रेलले स्वागत मन्तव्य दिदै भन्नुभयो आदर्श बिधालयबाट इन्टर्नसिपका लागि गएको विभिन्न कम्पनीमा विधार्थीहरुले सिक्ने मौका पाएको छ कम्पनी प्रशिक्षकहरुलाई हार्दिक धन्यवाद र स्वागत गर्दछौं विद्यालय ले आगामी दिनमा पनि पुर्ण सहयोगको अपेक्षा राखेको बताउनुभयो। त्यस्तै इन्स्योरका रेखा उप्रेती, आदर्श बिधालयका प्रधानाध्यापक बिष्णुप्रसाद लामिछाने लगायतले अप्रेन्टीसिप तालिम विषयमा बोल्नु भएको थियो ।

कार्यक्रममा कम्पनी प्रशिक्षक, अतिथि र उत्कृष्ट विधार्थी २ जनालाई सम्मान पत्र दिएर सम्मान गरेको थियोे । कार्यक्रममा MOTIVATIONAL SPEAKER विनयविष्णुल, इन्स्योरका अनिल , रेखा उप्रेती , प्रधानाध्यापक विष्णुप्रसाद लामिछाने , साहयक प्रधानाध्यापक सन्तोष पोख्रेल , शिक्षक अजित चापागाईं , कम्पनी प्रशिक्षक लगायत शिक्षक बिधार्थीशरु सहभागिता रहेको थियोे ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!