प्रमुख प्रशासकीय अधिकृत मेहतालाई सम्मान सहित विदाई

एकदमै कमजोर रहेको गाउँपालिकालाई छोटो समयको कार्यकालमा उहाँले निकै परिवर्तन ल्याई सरल र सहज रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल भएको प्रतिक्रिया गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए ।

डुमरलाल मेहता बिहिबार, माघ २०, २०७८

सुनसरी । भोजपुरको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतालाई आज ससम्मान विदाई गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले गाउँपालिकाका अध्यक्ष लगायतको जननिर्वाचित पदाधिकारीहरु तथा दैनिक दश देखि बाह्र घण्टा खट्न पछि नपर्ने उर्जाशील सहयोगी हातहरू कर्मचारी टीम प्रति नमन् एवम हार्दिक आभार ब्यक्त गरेको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेहताले छोटो समयको बसाई भएपनि सार्वजनिक जीवनको पानामा दश महिने कार्यकालले महत्वपूर्ण स्थान अभोगट्न सफल भएको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गरेको छ ।

उनी करिब दश महिना सो गाउँपालिकामा कार्यरत रहे । सो अवधिमा निजले उल्लेखनिय प्रशासनिक सुधार गरी सेवा प्रवाहलाई सहज, सरल, छिटो, छरितो र प्रभावकारी बनाएको कारण गाउँपालिकाले अधिकृत मेहतालाई कदरपत्र सहित विदाई गरेको हो। उनको कार्यकालमा रामप्रसादराई गाउँपालिकामा भएका असल अभ्यासहरू, योजना कार्यक्रमको प्रगति विवरण वेभसाइट मै सार्वजानिक गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रवन्धमा एकदमै कमजोर रहेको गाउँपालिकालाई छोटो समयको कार्यकालमा उनले निकै परिवर्तन ल्याई सरल र सहज रूपमा सेवा प्रवाहको अनुभुती जनतालाई गराउन सफल भएको प्रतिक्रिया गाउँपालिका अध्यक्ष विजय राईले बताए। स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन (LISA)मा चालिस अंक भन्दा कम अंक ल्याएको उक्त पालिकाले उनको नेतृत्व पाएपछि छोटो समयमा उनान्साठी अंक ल्याउन सफल भएको बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!