सत्य संसार पत्रिकाको पाँचौ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

डुमरलाल मेहता बिहिबार, मंसिर २३, २०७८

सुनसरी । सत्य संसार साप्ताहिक पत्रिकाको पाँचौ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सत्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा सुशासन सहित उत्कृट काम गर्ने तीन जनालाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो पाँचौ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गरेको हो ।
प्रजिअ यादवलाई जिल्लामा आएको दुई महिनाको अवधिमा सूचना प्रवाह, पत्रकारसंगको समन्वय र कार्यालयहरुमा निरिक्षण तथा अनुगमन गरी नियमिततामा योगदान गर्दै सुशासन कायम गर्न योगदान गरेको भन्दै सम्मान गरेको प्रकाशक ममता यादवले जानकारी दिनुभयो । यादवसगैं सत्य संसार युवा सृजनशिल सम्मानबाट पत्रकार राजेन्द्र पोखरेल र साहित्य सम्मानबाट कवि बिमला पोखरेल सम्मानित हुनुभएको प्रकाशक ममता यादवले जानकारी दिनुभयो ।
विकास, सुशासन र न्यायको क्षेत्रलाई मुख्य आधार बनाएर साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको सत्य संसार साप्ताहिकले सुशासन, साहित्य र पत्रकाररिता क्षेत्रका तिनजनालाई सम्मान गरेको हो । नागरिक अधिकार र सुशासनका साथै पारदर्शिताको क्षेत्रमा समाचार संकलन र सम्प्रेषण गर्ने क्रममा सृजनशिल पत्रकारीता गरिरहेका इनरुवाका पत्रकार राजेन्द्र पोखरेललाई सृजनशिल युवा पत्रकारीता पुरस्कारबाट सम्मान गरिएको सत्य संसार साप्ताहिक पत्रिकाको सल्लाहाकार सम्पादक जयकृष्ण यादवले जानकारी दिनुभयो ।
यसैगरि साहित्य क्षेत्रमा रहेर जिल्लामा साहित्य कलाका माध्यमबाट समाज र सृजनात्मक लेखनमा मह्त्वपुर्ण भमिका निर्वाह गरिरहेकी साहित्यका बिमला पोखरेललाई साहित्य सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्की, नेकपा एमालेका अध्यक्ष खेमराज पोखरेल, नागरिक समाजका अगुवा पुरुषोतम घिमिरे, चितरञ्जन यादव, धिरज भट्टराई, बब्लु भगत, संचारकर्मी, गैससका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!