नेपाली काँग्रेसको १४ औं महाधिवेसन सर्वसहमत र नत्र स्वच्छ प्रतिस्पर्धा गरौं :प्रधानमन्त्री देउवा

डुमरलाल मेहता सोमबार, मंसिर ०६, २०७८

देवानगञ्ज। नेपाली काङग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरी क्षेत्र नम्वर २ को विकासका लागि प्रतिवद्ध रहेको बताएका छन्

प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था गर्न सरकारले आगामी पूरक बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सुनसरीको दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सुनसरी र मोरङका कृषियोग्य जमिनमा सिँचाइ सुविधालाई विस्तार गर्ने क्रममा अगाडि सार्नुभएको सुनसरी खोला सिँचाइ आयोजनालाई पूर्णता दिन हामी प्रतिबद्ध छौँ ।”

नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक कर्म भूूमिका रूपमा परिचित सुनसरीको दक्षिणी क्षेत्रमा सिँचाइ सुविधाका लागि कोइरालाले तत्कालीन समयमा सुनसरी खोला सिँचाइ आयोजना सुरु गरे पनि त्यस समयपछिका कुनै पनि सरकारको ध्यान नपुग्दा लामो समयदेखि बीपीले परिकल्पना गरेको सिँचाइ सुविधाको अभावमा यस क्षेत्रका किसान पीडित छन् ।

प्रधानमन्त्री देउवाले देवानगञ्ज गाउँपालिकाको कौवाखोज छोटी भन्सारलाई ठूूलो भन्सारका रूपमा स्तरोन्नतिका लागि समेत बजेट विनियोजन गरिने आश्वासन दिनुभयो । कार्यक्रममा वक्ताहरूले यस क्षेत्रमा रहेको छोटी भन्सारको गतिविधि प्रभावकारी नभएको र सीमावर्ती क्षेत्रबाट अवैध चोरी निकासी पैठारी र तस्करीका घटना बढेसँगै राज्यलाई राजस्व असुलीमा ठूलो नोक्सानी भएको सन्दर्भमा जोडेर व्यक्त अभिव्यक्तिका सवालमा प्रधानमन्त्री देउवाले सो आश्वासन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेसनमा सर्वसम्मत प्रतिनिधि चयन गर्नका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बाकी रहेको क्षेत्र, जिल्ला, केन्द्रिय महाधिवेसन प्रतिनीधि र प्रदेश अध्यक्ष सहितका पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्नका लागि निर्देशन दिदै सर्व सर्वसम्मत हुन नसकेको खण्डमा स्वच्छ प्रतिष्पर्धाको माध्यमबाट पदाधिकारी चयन गर्नका लागि गरेका हुन् ।
देवानगञ्ज गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा नौ करोड रुपियाँको लागतमा तीनवटा हलसहित २६ कोठा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूूडामणि गुरागाईंले जानकारी दिनुभयो ।


कार्यक्रममा एक नम्वर प्रदेशका प्रमुख पर्शूराम खापुङग, पूूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, पूूर्व राज्यमन्त्री तथा संघीय संसद सिताराम मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिमकुमारी भगत, सुुनसरीका प्रमुुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी प्रमुुख संजयसिंह थापा लगायतको सहभागीता रहेको थियो । कार्यक्रम देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन राजु मेहताले गरेका थिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!