नासा ईन्भेष्टमेन्ट प्रालिको अन्तरक्रिया कार्यक्रम सम्म्पन्न

सन्तोष मेहता आइतबार, कार्तिक २८, २०७८

विराटनगर । पछिल्लो समय सर्वसाधारणको शेयर बजारमा बढ्दो आकर्षणका बीच नासा ईन्भेष्टमेन्ट प्रालिले शनिवार विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्म्पन्न गरेको छ ।

कार्यक्रममा शेयर बजारमा चर्चित रहेका शेयर काका केशव कोइरालाले शेयर बजारमा कम्पनी हेरेर लगानी गर्न आग्रह गर्नुभयो । बजारमा उतार चढाव देखिने बताउदै उहाँले धैर्यताका साथ कम्पनी हेरेर लगानी बढाउदा आर्थिक उन्नती हुने बताउनु भयो । नासा ईन्भेष्टमेन्टले नेपाली शेयर बजारका विभिन्न चर्चित व्यक्तिहरुलाई ल्याएर देशै भरी शेयर बजार सम्बन्धि तालिम,गोष्ठी , बहस , लगायत शेयर सचेतनामुलक जागरुक कार्यक्रम गर्दै आईरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
प्राविधिक/न्यूज डेक्स :  डुमरलाल मेहता

प्राविधिक:                      रुचि साह

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418