आज छठ घाटबाट अस्ताउँदो सूर्यलाई अर्घ्य

डुमरलाल मेहता बुधबार, कार्तिक २४, २०७८

विराटनगर । तराईबासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । लगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् ।

कोरोना महामारीका कारण गत वर्ष जलासयमा यसरी छठ घाट बनाएर छठ पूजा गरिएको थिएन । धेरैले घरमै सामान्य पोखरी र जलासय बनाएर पूजा गरेका थिए । यस वर्ष भने पोखरीको डिल , नदी लगायत विभिन्न जलासयमा घाट बनाएरको क्षेत्रमा हजारौँ भक्तजनको छठ पूजा गर्न भेला भएका छन् ।कतिपय श्रद्धालु भक्तजनहरूले आफ्नै घर अगाडि र शहर बजारमा आफ्नै घरको छत माथि सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित बनाएका छन् ।

घाटमा लाखौँ रकम खर्चेर सजावट र व्यवस्थापनका गरिएको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाइरहेका छन् त्यसले गर्दा छठ पर्वको छुटै रौनक छाएको छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!