बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

Radio Nagarik 100.4 MHz बुधबार, कार्तिक ०३, २०७८

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी दिलकुमार तामाङले बुधबार बिहानसक्क बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीपहिरोका कारण कालिकोटमा एक, बैतडीमा चार, डडेरधुरामा एक, डोटीमा नौ, हुम्लामा छ, प्यूठानमा एक, धनकुटामा छ, सुनसरीमा दुई, पाँचथरमा छ, इलाममा ११ र उदयपुरमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको गृहले जनाएको छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले प्रदेश १, प्रदेश २ बाग्मती प्रदेश र गण्डकी प्रदेशका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू–भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक–दई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!