इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामासम्भावना प्रशस्त, योजना कमजोर: कोशी प्रदेशको पर्यटनमा गम्भीर बहस पर्यटनमा सरकार सहजीकरणकर्ता मात्र, नेतृत्व निजी क्षेत्रको हुनुपर्छ

भोजराज घिमिरे बिहिबार, माघ २३, २०८२

विराटनगर । कोशी प्रदेशमा पर्यटनको दिगो विकासका लागि नीति, निजी क्षेत्र र सहकार्य अपरिहार्य
कोशी प्रदेशमा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति, निजी क्षेत्रको नेतृत्व तथा सरकार–निजी–समुदायबीचको प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ।
इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सभाहलमा सम्पन्न कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, शैक्षिक संस्थाका विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै सहजीकरणकर्ता बसन्त अधिकारीले नेपालका प्रतिस्पर्धात्मक सबल पक्षका रूपमा पर्यटन, जलस्रोत, जडीबुटी, अलैँची र चियालाई उल्लेख गरे। संसारका १० अग्ला हिमालमध्ये ८ वटा नेपालमै रहेको, लुम्बिनी र पशुपतिनाथजस्ता विश्वव्यापी धार्मिक तथा सांस्कृतिक गन्तव्य नेपालमा रहेको र करिब १४० भाषाभाषी समुदायसहितको सांस्कृतिक विविधता नेपालकै ठूलो शक्ति भएको उनले बताए। यति धेरै सम्भावना हुँदाहुँदै पनि नेपालले आफ्नो वास्तविक क्षमताअनुसार पर्यटक भित्र्याउन नसकेको उनले औंल्याए।

संवाद कार्यक्रममा बोल्दै पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष २०८२ ले प्रदेशमा पर्यटन संस्कार विकास र आवश्यक पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। पर्यटन वर्षमार्फत तयार पारिएको संरचना र वातावरणलाई आधार मानेर दीर्घकालीन रणनीतिअनुसार पर्यटन विकास अघि बढाइने उनले स्पष्ट पारे। पर्यटक भित्र्याउने कार्यमा निजी क्षेत्रको भूमिका निर्णायक हुने भन्दै सरकार सहजीकरणकर्ताको भूमिकामा रहने उनले बताए।
कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविषकुमार श्रेष्ठले प्रदेशमा पर्यटक आगमनसम्बन्धी एकीकृत र विश्वसनीय तथ्यांकको अभाव रहेको उल्लेख गरे। ठोस तथ्यांकबिना प्रभावकारी योजना निर्माण कठिन हुने भन्दै उनले अब पर्यटकको संख्याभन्दा गुणस्तरीय पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखे। त्यसका लागि नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ थियो।
पर्यटन व्यवसायी राजन श्रेष्ठले भारतीय पर्यटकहरूलाई नेपालमा बढी खर्च गर्न प्रोत्साहन गर्ने विशेष नीति आवश्यक रहेको बताए। सीमावर्ती नाकाबाट प्रवेश गर्ने भारतीय पर्यटकका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने र सुरक्षाकर्मीको व्यवहारमै सुधार आवश्यक रहेको उनले औंल्याए।
यस्तै, होटल व्यवसायी बासुदेव बराल, होम–स्टे महासंघ कोशी प्रदेशकी अध्यक्ष लिलादेवी भट्टराईलगायत वक्ताहरूले पर्यटन विकासमा प्रदेश सरकारसँगै स्थानीय तहहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। पूर्वाधार विकास, स्थानीय उत्पादनको प्रवर्द्धन, होम–स्टे तथा ग्रामीण पर्यटन विस्तारमार्फत प्रदेशको पर्यटन अर्थतन्त्र मजबुत बनाउन सकिने उनीहरूको भनाइ थियो।
कार्यक्रममा होटल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउने विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। यसले नीति निर्माण तह, व्यवसाय र शिक्षाबीचको अन्तरसम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै इनोभेट नेक्स्ट इम्प्याक्टकी प्रदेश संयोजक स्वेता आचार्यले कोशी प्रदेशलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यस्ता संवाद आवश्यक रहेको बताइन्। संवादबाट आएका सुझावहरू सरोकारवाला निकायसम्म पुर्‍याइने र पर्यटन विकासमा साझा प्रयासलाई निरन्तरता दिइने उनले जानकारी दिइन्।
प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ लाई आधार वर्षका रूपमा लिँदै पर्यटन प्रवर्द्धनमा जोड दिने जनाएको छ। प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूको संरक्षण र संवर्द्धन गर्दै स्थानीय तहसँग साझेदारीमा पदमार्गमा आधारित पर्यटन विकासलाई थप विस्तार गरिने बताइएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!