दोस्रो पथरी शनिश्चरे भेट्रान गोल्डकप माघ १७ देखि ८ टिमको सहभागिता, करिब ६ लाख ८३ हजार रुपैयाँको बजेट

भोजराज घिमिरे आइतबार, माघ १२, २०८२

पथरी शनिश्चरे, माघ १०
दोस्रो पथरी शनिश्चरे भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आगामी माघ १७ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितासम्बन्धी जानकारी दिन आज पथरी शनिश्चरे–२ स्थित शीन भिलेज पार्टी प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगितामा ८ वटा भेट्रान टिमको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा सहभागी हुने टिमहरूमा पथरी भेट्रान ब्लु, पथरी भेट्रान रेड, दमक लखनपुर, मिल्स भेट्रान विराटनगर, उर्लाबारी भेट्रान मोरङ, ईटहरी भेट्रान सुनसरी, विराट चोक भेट्रान तथा सतिसाले भेट्रान रहेका छन्।
आयोजक समितिले सार्वजनिक गरेको अनुमानित आय–व्यय विवरणअनुसार प्रतियोगिताको कुल बजेट ६ लाख ८२ हजार ९६६ रुपैयाँ रहेको छ। खर्चतर्फ प्रथम तथा दोस्रो पुरस्कार, ट्रफी र मेडल, विधागत पुरस्कार, स्टेज तथा गेट निर्माण, साउन्ड सिस्टम, खेलमैदान मर्मतसम्भार, ब्यानर तथा स्टेशनरी, रेफ्री पारिश्रमिक, सहभागी टिम फेयर, पत्रकार व्यवस्थापन, म्यान अफ द म्याच पुरस्कार, अतिथि सत्कार, प्रचार–प्रसार तथा मिडिया, मायाको चिनो, विविध तथा मसलन्द शीर्षकमा खर्च हुने आयोजकले जनाएको छ।
आयतर्फ स्वदेश तथा विदेशबाट प्राप्त सहयोग, पथरी शनिश्चरे नगरपालिकाबाट प्राप्त सहयोग, विभिन्न प्रायोजक, स्थानीय व्यवसायी तथा संघ–संस्थाबाट प्राप्त सहयोग रहने अनुमान गरिएको छ। आय र व्यय बराबर रहने गरी बजेट तयार गरिएको आयोजक समितिले जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेलप्रेमी, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगी हातहरूबाट सहयोगको अपेक्षासमेत व्यक्त गरेको छ। भेट्रान खेलाडीलाई सक्रिय राख्ने, स्वास्थ्य प्रवर्द्धन गर्ने तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!