न्यू सृष्टि दैनिकको १५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

भोजराज घिमिरे आइतबार, माघ १२, २०८२

विराटनगर
न्यू सृष्टि दैनिकले विगत १५ वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको वार्षिकोत्सव तथा सम्मान कार्यक्रम यस वर्ष पनि भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
शनिबार न्यू सृष्टि दैनिकले आफ्नो १५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम विराटनगरस्थित होटेल एसियाटिक मा आयोजना गरेको हो।
कार्यक्रम मा विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मको उल्लेख्य उपस्थिति देखिएको थियो।
१५औँ वार्षिकोत्सवका प्रमुख अतिथि मह जोडी अर्थात् वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रहेका थिए।
विशिष्ट अतिथिमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल र वरिष्ठ गायिका देविका बन्दना प्रधान सहभागी थिइन्।
प्रमुख अतिथि श्रेष्ठ र आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए।
पत्रकारिता संकटमा रहेको स्वीकारोक्ति
स्वागत मन्तव्यमा वरिष्ठ सम्पादक निर्मल ढुंगानाले स्थानीय मुद्दालाई प्राथमिकता दिएकै कारण न्यू सृष्टि दैनिक लोकप्रिय बन्न सफल भएको बताए। उनले विज्ञापनमा आएको संकुचन, अस्वस्थ प्रतिस्पर्धा र शिथिल अर्थतन्त्रका कारण छापा माध्यम संकटमा परेको उल्लेख गरे।
निजी क्षेत्रको तर्फबाट बोल्दै वरिष्ठ उद्योगी तथा समाजसेवी महेश जाजुले विराटनगरवासीलाई न्यू सृष्टि दैनिक ‘बानी’ परिसकेको बताए। “बिहान चिया सँगै पत्रिका नपढे फोन गरेर माग्छु,” उनले भने।
उनले आर्थिक विकास बिना देश अगाडि बढ्न नसक्ने भन्दै पछिल्लो समय नेताहरूले भोटभन्दा नोटको कुरा बढी गर्ने गुनासो गरे।
विभिन्न विधामा सम्मान तथा नगद पुरस्कार
कार्यक्रममा समाज, उद्योग, शिक्षा, स्वास्थ्य, पत्रकारिता, कला, खेलकुद, युवा, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।
मुख्य सम्मान तथा पुरस्कारहरू यसप्रकार रहेका छन् :
न्यू सृष्टि दैनिक स्व. जगदीशप्रसाद राठी उद्यमी पुरस्कार – देवकीनन्दन अग्रवाल
(नगद रु. ११,१११ र सम्मानपत्र)
युवा उद्यमी पुरस्कार – दिवाकर राठी
न्यू सृष्टि दैनिक पत्रकारिता पुरस्कार – अरविन्द मेहता
(नगद रु. ९,९९९)
स्व. महेन्द्र गोल्छा आर्थिक पुरस्कार – राजेन्द्र राउत
(नगद रु. ५१,०००)
स्वास्थ्य पुरस्कार – जलन विशेषज्ञ डा. मुकुन्द झा
(नगद रु. ११,१११)
सर्वोत्कृष्ट टिकटक अवार्ड – टीनाराज गुरुङ (पोखरा)
शिक्षा पुरस्कार (स्व. शिरीष रिजाल) – ज्ञानबहादुर खड्का
साथै सामुदायिकतर्फ सत्यनारायण माध्यमिक विद्यालय र संस्थागततर्फ बीकेभिएम स्कुल
कला पुरस्कार – बसुन्धरा भुषाल
खेलकुद पुरस्कार – वैकुण्ठ मानन्धर
संगीत पुरस्कार – देविका बन्दना प्रधान
फरक क्षमता युवा खेलाडी पुरस्कार – स्वीकृत न्यौपाने
विशेष नागरिक सम्मान – मदनकृष्ण श्रेष्ठ
कलाकारहरूको सन्देश
सम्मानपछि बोल्दै हरिवंश आचार्यले न्यू सृष्टि दैनिकबाट पाएको सम्मानले आफू गौरवान्वित भएको बताए। मदनकृष्ण श्रेष्ठले दर्शकलाई भगवानको संज्ञा दिँदै सबै दलको उद्देश्य देश विकास नै भएको बताए।
कार्यक्रममा राष्ट्रिय गायक सुमित खड्काले देशभक्ति गीत प्रस्तुत गर्दै माहौल तताएका थिए।
निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन
वार्षिकोत्सवकै अवसरमा लाईफ लङ पोलिक्लिनिक प्रा.लि., विराटनगर–११ को सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
शिविरमा फिजिसियन, आँखा, नाक–कान–घाँटी तथा दाँत रोग विशेषज्ञद्वारा सुगर, प्रेसर, थाइराइड, दम, बाथ, पेट, ग्यास्ट्रिक र किड्नीसम्बन्धी परीक्षण गरिएको थियो।
पोलिक्लिनिकका प्रशासन प्रमुख अमृतकुमार साहका अनुसार आँखा तथा कानसम्बन्धी सबै किसिमका रोगको उपचार सेवा उपलब्ध गराइएको थियो।१०० जाना भन्दा बडी ले स्वास्थ परिक्षण गरेका थिए ।
धन्यवाद ज्ञापन
न्यू सृष्टि दैनिकका प्रबन्धक एवं प्रधानसम्पादक शंकर खरेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विज्ञापनदाता, पाठक, शुभेच्छुक र सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!