मन्त्री चौधरीको सक्रियतामा अपाङ्गता भएका व्यक्तिहरु धर्नारत पक्षसँग सहमति

Radio Nagarik 100.4 MHz बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीति तयारगरी जायज माग सम्वोधन गर्न आन्दोलनरत पक्षसँग बुधबार सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीको अग्रसरतामा तीन बुँदे सहमति भएको हो ।

धर्नारत दीपक भण्डारीसहितसँग तीन सदस्यीय समिति गठन गरी सो सहमति भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गर्नुभएका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाको व्यबहारिक कार्यान्वयनका लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएअनुसार आज साँझ तीन बुँदे सहमति भएको हो ।

मन्त्रालयको अपाङ्गता अधिकार प्रवर्धन महाशाखाका सहसचिब रामकृष्ण लामिछानेको संयोजकत्वमा गठित समितिको सदस्यमा राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की र धर्नारत दीपक भण्डारी हुनुहुन्छ । समितिको आमन्त्रित सदस्यमा ल्याक्पा नुरु शेर्पा र सिर्जना केसी हुनुहुन्छ । समितिले दुई हप्ताभित्र मापदण्ड बनाएर कार्यान्वयनमा पहल गर्नेछ ।

सहमतिअनुसार कार्यक्रम र मापदण्ड बमोजिम स्थानीय तहको सिफारिसमा प्राथमिकीकरण गरी पहिलो चरणमा ११ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई नियम ९ बमोजिमको सामुदायिक सहायता सेवाको २०८१ बैशाख १ गतेबाट सुरु गरिनेछ । त्यस्तै, धर्नारत भण्डारीको धर्ना फिर्ता लिने सहमति भएको छ ।

सहमति भएसँगै मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको समस्या बारेमा आफु गम्भीर भएको बताउँदै मापदण्ड बनाएर मागहरु पूरागर्ने बताउनुभयो । आफ्नो मन्त्रालय मानव संवेदनशील विषयसँगसम्बन्धीत मन्त्रालय भएकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता तथा लैङ्गिक यौनिक अल्पसंख्यक नागरिकको हक अधिकारका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री चौधरीले व्यक्तिगत सहयोगी, दोभासे, सहायक सामग्री उपलब्धताका विषयमा राखिएका मागका सवालमा मन्त्रालय सकारात्मक रहेको बताउँदै बजेटको सीमितता, अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर सम्वोधन गर्नेगरी अघि बढ्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७’ को परिच्छेद ३ को नियम ८ को उपनियम १ मा अपाङ्गताको प्रकृति र अवस्था बमोजिम अपाङ्गता भएकालाई आवश्यक पर्ने सहायक सामग्री सरकारले निःशुल्क उपलब्ध गराउने र उपनियम २ मा स्थानीय तहबाट सहज र सरल तरिकाले सहायक सामग्री उपलब्ध गराउन व्यवस्था मिलाउने उल्लेख छ ।

सरकारले पूर्ण अपांगता भएका ९क० वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्तलाई ३ हजार ९ सय ९० रुपियाँ र अति अशक्त अपाङ्गता भएका ९ख० वर्ग अर्थात् नीलो रंगको अपांगता परिचयपत्र प्राप्तलाई २ हजार १ सय २८ रुपियाँका दरले मासिक भत्ता उपलब्ध गराउँदैआएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!