जितिया पर्वको अवसरमा निकाल्यो देवानगञ्जमा कलश यात्रा

डुमरलाल मेहता बिहिबार, आश्विन १८, २०८०

विराटनगर । महिलाहरूको महान् जितिया पर्व सुरु भएको छ । बिहीबार तथा आज देखि सुरु भएको जितीया पर्वको अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.६ मा रहेको जितवाहान बाबा मेला समितीले आज झाँकी सहितको कलश यात्रा निकालेको छ ।

जितवाहन बाबा मेला समितीको आयोजनामा आज सयौँ व्रतालु र स्थानियहरुको सहभागितामा निकालेको कलश यात्रा जितवाहन बाबा मन्दिरबाट कलश लिएर देवानगञ्ज र बर्जु गाउापालिकाको सिमानामा रहेको बुढी खोलामा गएर र कलशमा जल भरेर पुन मन्दिर आएर कलश राखेको बताउनुभयो । भोली सोही स्थानमा कथा प्रवचन समेत हुने आयोजकले जानकारी दिनुभयो ।

यो पर्व तराईमा बसोबास गर्ने महिलाहरू तथा थारु महिलाहरूले धूमधामसँग मनाउने गर्छन् । व्रतालु महिलाहरूले सन्तानको दीर्घायुको लागि यो पर्व मनाउने चलन छ ।

यो पर्व ठाउँ अनुसार फरक फरक तरिकाले मनाइन्छ । आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘नहाए खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनर मनाइने जितिया पर्वमा सप्तमीका दिन बिहान व्रतालुहरू नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि तोरीको पिना घिरौँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । चढाएको तेल आफ्ना सन्तानलाई पनि लगाइदिने चलन छ ।
व्रतालुहरूले बिहीबार आफ्नो नजिकको पोखरी, तलाउ, नदी लगायतमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् ।

सन्तानको दीर्घायुको लागि गरिने यो व्रतमा व्रतालुहरू उपवास बस्ने गर्छन् । उपवासका बेला व्रतालुहरूले थुक पनि निल्न नहुने मान्यता छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

जितीया पर्वको अवसरमा सुनसरीको पालकिाहरुमा भोली सार्वजानिक बिदा दिएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!