श्रीमद्भागगवत सप्ताह ज्ञान महायज्ञमा ३२ लाख बढी दाताहरु द्धारा दान

डुमरलाल मेहता शनिबार, आश्विन १३, २०८०

विराटनगर । श्रीमद्भागगवत सप्ताह ज्ञान महायज्ञ तथा कथा प्रवचन सम्पन्न भएको छ । सुनसरीको देवानगञ्जमा श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रीमद्भागगवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ शुक्रवार सम्पन्न भएको छ ।

असोज ५ गतेदेखि सुरु भएको महायज्ञ शुक्रवार १२ गते समापन भएको श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको सचिव बेचन खत्वले जानकारी दिनुभयो । उहाँका अनुसार श्री दुर्गा मन्दिर पुर्ण रुपमा निर्माण होस् उदेश्यले महायज्ञ गरेको थियो ।

उक्त महायज्ञमा बाल ब्यास पण्डित श्री कपिलदेब चालिसेको कथा प्रवचन सुन्न आएका हजारौँ भक्तजनबाट ३२ लाख १८ हजार ९ सय ४९ रुपैया दाताहरुले आफ्नो खुशीले दान गरेको सचिव खत्वले बताउनुभयो । प्रत्येक दिन भागवत कथा, झाँकी रात्रीकालिन जग्राम लगायत विभिन्न कार्यक्रम हुने गरेको थियो।

महायज्ञ कार्यक्रममा तन, मन, धनले सहयोग गर्नेहरुलाई प्रशंसा र कदर पत्र सहित सम्मान गरेको थियो । महायज्ञमा नेपालको विभिन्न जिल्ला सँगै छिमेकी राष्ट्रिय भारत लगायत स्थानबाट हजारौं भक्तजनको उपस्थितिमा रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!