धरानमा ठूलो मात्रामा खुदी मिसाएको बेसार नष्ट

Radio Nagarik 100.4 MHz बिहिबार, आश्विन ११, २०८०

विराटनगर । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको अखाद्य १ हजार ७ सय ४८.५ केजी बेसार धरान उपमहानगरले नष्ट गरेको छ ।

बरामद गरिएको १३ बोरामा ६ सय २३.५ केजी र मिलमा राखिएको ४५ बोरामा रहेको १ हजार १ सय २५ केजी बेसार खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, नगर प्रमुख हर्कराज राई(साम्पाङ) साथै बजार अनुगमन समितिको रोहवरमा आज नष्ट गरिएको हो ।

धरान २० स्थित नमुना टोल साबुन फ्याक्ट्री परिसरमा नष्ट गरिएको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
गत असोज २ गते अनुमगन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो ।
यसअघि खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

अनुगमन अधिकृत सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिएको हो ।
मिलका सञ्चालक गोर्खामान श्रेष्ठले गल्ती भएको भन्दै उपमहानगरपालिकामा सजाय माफी मिनाहाको निवेदन दिएको थियो । खाद्य निरीक्षक बादल चेम्जोङका अनुसार खुदीलाई बेसार जस्तो देखाउन फुड कलर मिसाइएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!