दुहबीका ८० सुकुम्वासी परिपारले पाए पक्की घर

डुमरलाल मेहता सोमबार, भाद्र १८, २०८०

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले सुकुम्वासीहरूलाई आज एक कार्यक्रम गरी ८० जना घरधुरी परिवार लाई पक्की घर वितरण गरेको छ ।

नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्वासी परिवारहरूलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गर्नुभएको हो ।

विःस २०७५ सालमा ८० लाख रुपैयामा जग्गा खरिद गरेर नगरपालिकाले विःस २०७६ साल फागुण १५ गते नगरप्रमुख आवास कार्यक्रमको शिलन्यास गरेको थियो । नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिक रुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ८० परिवारका लागि नमुना बस्ती निर्माण गरिएको नगरप्रमुख गच्छदारले बताउनुभयो ।

नगरपालिकाको वार्षिक विनियोजित बजेट मार्फत दुहबी नगरपालिकाले वडा नम्बर ११ मा करिब दुई बिगाहा क्षेत्रफलमा तीन वर्ष अगाडि देखी निर्माण सुरु गरेको आवास निर्माण कार्य सम्पन्न गरी आज नगर प्रमुख गच्छदारले प्रमाण पत्र सहित घरको साँचो प्रदान गरी हस्तान्तरण गरेको हो ।

सुकुम्बासीका लागी निर्माण गरिएका प्रत्येक घरमा २ सुत्ने कोठा , १ भान्सा सहित शौचालय सडक , वत्ती , नाला र शुद्ध खानेपानीको लागि धाराको पनि प्रबन्ध गरिएको छ । अगामी चरणमा नगर आवास भित्र प्रारम्भिक बाल शिक्षालय,सामुदायिक भवन, ग्रोसरी, स्वास्थ्य क्लिनिक सुविधा सहितको आधुनिक आवास निर्माणको चरणमा रहेको नगर प्रमुख गच्छदारले बताउनुभयो ।

फरक प्रसङ्गमा नगर प्रमुख गच्छदारले सुकुम्वासी समस्या मुलुककै समस्या हो, तर नगरपालिकाले आफ्ना नागरिकलाई केही सुविधा प्रदान गर्न सकिन्छ कि समस्या ग्रसित सुकुम्वासीलाई स्थायी बासस्थान दिएर मुहारमा खुसि भर्न सकिन्छ भनेर नगर प्रमुख आवास योजना कार्यक्रम अभियान सञ्चालन गरेको बताउनुभयो ।

नगर प्रमुख गच्छदार अनुसार केही महिना अघि दुहबीका १२ वटै वडाका बासीहरूबाट निवेदन माग गरी छनोट प्रक्रिया मार्फत अति विपन्नमा रहेका परिवारहरूलाई नामावली सङ्कलन गरि आज कार्यक्रम मार्फत ८० घरधुरी परिवारलाई घर वितरण गर्नुभएको हो ।

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दुहवी नगरक्षेत्र भित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई लक्षित गरि भवन निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दुहवी नगरपालिकाका वर्तमान र निर्वतमान वडा अधयक्ष र सदस्य र कार्यपालिका सदस्यहरुलाई प्रशंसा पत्र दिएर सम्मान गरेको छ ।

मेयर गच्छदारले वितरण गरिएका ८० घर धुरीका घरपरिवारको महिला सदस्यहरूलाई आउने दिनहरूमा लघु उद्यममा जोडी बिउँ पुँजी समेत प्रदान गरी उद्यमी व्यवसायीको रुपमा स्थापित गराउने गच्छदारले बताए । जसअनुरूप आज भूमिहीन तथा सुकुम्वासी भई बाच्नुपर्ने अवस्था सृजना भएता पनि अगामी दिनहरूमा तिनका सन्ततिहरू आफु अनुकूल अनुसार कम्तीमा १० धुर जग्गा सम्म जोड्न सक्ने स्थितिको हैसियत बनाउने मेयर गच्छदारले प्रतिबद्धता जाहेर गर्नुभयो ।


स्थानीय दुहबी वार्ड न। १० सिमरियाका रामदेव मोची भन्नुहुन्छ ‘मलाई आफ्नो जग्गा हुन्छ, घर हुन्छ भन्ने कल्पनासम्म थिएन ।’ सुकुम्बासी जीवन अन्त्य गरी जागा सहित घर पाएपछि आफ्नो दिनचर्या नै बदलिएको उनले बताए । यसै गरि दुहबी वार्ड न। ७ का नन्दन पासवानले हाल आफ्नो घर र जमिन देखेर आफैँ दङ्ग परेका छन्न । उनी भन्छन्, ‘कल्पना पनि गरेको थिइनँ, हाम्रो जीवनमा पनि आफ्नै घर र जमिन हुन्छ भने अत्यन्तै खुसी छौँ । स्थानीय सरकारले हामी गरिबलाई पनि हेरेको छ ।’ उहाँले बताउनुभयो ।

नगर आवासको कुल लागत ७ करोड ४७ लाख १५ हजार ९ सय ९४ रुपैयाँ रहेको जस मध्ये जग्गा खरिदमा ८६ लाख रुपैयाँ खर्चिएको थियो भने घर, बाटो निर्माण, धार ,पानी टेंकी , नाला र अधुरो सामुदायिक भवन निर्माणमा ६ करोड २० लाख ८९ हजार ९ सय ६६ रुपैयाँ खर्चिएको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!