भोक्राहामा प्रधानाध्यापक उराँवमाथि कुटपिट

Radio Nagarik 100.4 MHz सोमबार, भाद्र ११, २०८०

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित ब्रहमदेव उराँव मण्डेला आधारभुत विद्यलायका ४३ वर्षिया प्रधानाध्यापक शुशिलाकुमारी उराँवमाथि भदौं १० गते विहना १० बजेको कुटपिट भएको छ । विद्यलाय समयमा नियमित पठनपाठन र अन्य आरोप लगाई व्यक्तिगत रिसिबीमा भोक्राहा नरसिंह गाउँपालिका ४ नीवासी एहसान अंसारी र नुरजाहा खातुन सहितका व्यक्तिहरुले विद्यलायका प्रधानाध्यापक उराँवमाथि कुटपिट गरेको हो । आईतबार विहना १० बजेको समयमा पीडकहरुले घरेलु हातहतियार सहित विद्यलायमा प्रवेश गरि प्रधानाध्यापक शुशिलाकुमारी उराँवमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै नेपाल शिक्षक संघ, संघीय शिक्षक फोरम, लोकतान्त्रिक शिक्षक फोरम, नेपाल शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संघठन र नेपाल विद्यालय कर्मचारी संघ सहितका ६ संघसंगठनले दोषीलाई कार्वाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडितले उजुरी समेत गरेको जनाएको छ । शिक्षकहरुले भने दोषीलाई कानुन अनुसारको कार्वाहीको माग गरेका छन् । विभिन्न शिक्षक संघसंगठनहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाउदै दोषीलाई कानुन बमोजिम कार्वाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले भने दोषीलाई कानुन अनुसारको कार्वाहीको माग गर्दै आएको उजुरी र ज्ञापन पत्रको बारेमा अनुसंधान भईरहेको प्रतिकृया दिनुभयो ।

प्रधानाध्यापक शुशिलाकुमारी उराँवमाथि भएको कुटपिट र दुव्र्यवहार घटना प्रति विरोध गर्दै भोक्राहा नरसिंहमा क्रियाशिल पेशागत घटनकहरुको संयुक्त विज्ञप्ती जारी भएको छ । संयुक्त विज्ञप्तीमा भदौ १० गते प्रअ उराँव माथि भएको आक्रमणले अन्याय भएको भन्दै नेपाल शिक्षक संघका भोक्राहा नरसिंह अध्यक्ष पवनकुमार मेहता, संघीय शिक्षक फोरमका अध्यक्ष राजेशवर यादव, लोकतान्त्रिक शिक्षक फोरमका अध्यक्ष भोली प्रसाद यादव, नेपाल शिक्षक संगठनका अध्यक्ष रामानन्द मेहता, एकिकृत अखिल नेपाल शिक्षक संघठन अध्यक्ष श्यामदेव मण्डल र नेपाल विद्यालय कर्मचारी संघका नसिर अंसारी सहितका ६ संघसंगठनका अधिकारीहरुले दोषीलाई कार्वाहीको माग गरेका छन् । घटनामा संलग्न व्यक्तीहरुलाई कानुन बमोजिम कार्वाही गर्नुपर्ने तथा पीडितलाई उचित न्याय प्रदान गर्नुपर्ने माग गरेका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!