लम्पी स्किन रोगबाट कोशी प्रदेशमा साढे ६ हजार पशुको मृत्यु

Radio Nagarik 100.4 MHz सोमबार, साउन २२, २०८०

विराटनगर । लम्पी स्किन रोगको प्रकोपका कारण कोशी प्रदेशमा ६ हजार ६१४ वटा गाई– गोरु र ७२ वटा राँगा भैँसी मरेका छन् । कोशी प्रदेशको १४ जिल्लामा यो रोगबाट ६ हजार ६१४ वटा गाई– गोरु र ७२ वटा राँगा भैँसी मरेका हुन् ।

कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगर निमित्त निर्देशक डाक्टर पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशमा हालसम्म २ लाख ३७ हजार ४२१ वटा पशुचौपाया प्रभावित भएका छन् । प्रदेशमा हालसम्म १ लाख ३२ हजार ३४९ वटा पशुचौपायालाई खोप लगाइएको छ ।

ढुंगानाका अनुसार पहाडी जिल्लामा लम्पी स्किन रोगको प्रकोप नियन्त्रण भएको छ ।

झापा, मोरङ र सुनसरीमा भने नियन्त्रण हुन अझै सकेको छैन । तराईको झापा, मोरङ र सुनसरीमा रोग सङ्क्रमण र प्रभावित हुने पशुहरूको सङ्ख्या पछिल्लो समय बढेको उनले बताए ।

उनले लम्पीस्किन रोग नियन्त्रणको लागि खोपको अभाव भने टरेको बताएका छन् । ढुंगानाले अहिले भने खोपको अभाव नभएको बताए ।

‘एउटा गाई बिरामी देखियो भने एउटा खोप किन्छु भन्ने अवस्था चाहिँ छैन, किसानलाई अलिक समस्या यही छ,’ उनले भने, ‘एक भाइल खरिद गर्दा २५ वटा खोप किन्नुपर्ने बाध्यता छ । एउटा किसानले एकैपटक यति किनेर खेर फाल्नुपर्ने अवस्था हुन्छ । एकैपटक २५ जना पशुका लागि खरिद गर्नुपर्ने हुन्छ । त्यसका लागि किसानहरू मिलेर मात्रै सम्भव छ ।’ ढुंगानाका अनुसार एउटा खोपको बजार मूल्य १५० रुपैयाँ रहेको छ ।

एक महिना अगाडिसम्म सबैभन्दा धेरै प्रभावित हुने जिल्ला इलाम थियो । तर, अहिले पाँचथर धेरै प्रभावित देखिएको छ । पाँचथरमा हालसम्म ३४ हजार १०९ वटा गाईभैंसीमा यो रोग देखिएको छ ।

झापामा २० हजार ४२७, इलाममा १८ हजार ८०९, ताप्लेजुङमा ९ हजार ९९९, मोरङमा २२ हजार ९५०, उदयपुरमा २१ हजार ८१९, खोटाङमा १३ हजार ९५४, ओखलढुंगामा ८ हजार २८९, सोलुखुम्बुमा ७ सय १६, धनकुटामा २२ हजार ५३६, तेह्रथुममा १८ हजार ७१, सङ्खुवासभामा १४ हजार ४०७, भोजपुरमा ७ हजार ४३९ र सुनसरीमा २२ हजार ८९६ वटा पशु प्रभावित भएका छन् । सबैभन्दा धेरै मृत्यु हुने पशु भने इलाममा रहेका छन् । इलाममा हालसम्म १ हजार ३८२ वटा पशुको मृत्यु भएको छ ।

एक महिना अगाडि प्रदेशभरमा १ लाख ५९ हजार ४२९ वटा पशु प्रभावित भएका थिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!