नेपाल टेलिकमले CDMA सेवा सदाका लागि बन्द

डुमरलाल मेहता सोमबार, साउन २२, २०८०

विराटनगर । नेपाल टेलिकमले कोशी प्रदेश भरि संचालनमा ल्याएका आईटी – CDMA प्रवृद्धीको टेलिफोन  सेवा आईतवार देखी सदाका लागि  बन्द गरेको छ ।  टेलिकम प्रदेश निर्देशनालयले विराटनगरमा आईतवार एक कार्यक्रमको आयोजना गरि – CDMA को सेवा सदाको लागि बन्द गरेको घोषणा गरेको हो ।
नेपाल टेलिकमले विःस २०६२ सालदेखी देशभरिका ग्रामिण क्षेत्रलाई केन्द्रीत  गरि यो सेवा प्रारम्भ गरेको थियो । देशभरि – CDMA को  प्रयोगकर्ता २० लाख थिए । विगतका दिनमा  यसको उच्च आर्कषण थियो । तर  ग्लोवल मोवाईल सिस्टम  GSM मा जसरी विकास र स्तरउन्नती आयो त्यसरी सिडिएसएको विकास , अध्ययन र बिषलेषण भएन ।
प्राविद्यिक रुपमा सिडिएमए  विश्वभर  फेज आउट भयो र विगत बर्षदेखी टेलिकमले पूर्व तयारी स्वरुप प्रयोगकर्ताहरुलाई  सी डी एम ये  को सट्टा जी एस एम   प्राविद्यिमा आधारित मोवाईल सेवामा रुपान्तरण गर्न थालिएको टेलिकमका प्राविद्यिक प्रमुख शिवराम तुइतुइले बताउनुभयो ।
   टेलिकमले आइतवारदेखी कोशी प्रदेश भरि  CDMA सेवा सदाका लागि बन्द गर्ने घोषण गरेपछि प्रयोगकर्ताहरुलाई  सिडिएमको सट्टा जी एस एम मा आधारित  सेवा उपलब्ध गराउने भएको छ ।
प्रदेशस्तरीय कार्यक्रम गर्दै टेलिकमले यस पटक  कोशी प्रदेशका  CDMA   संचालन गरेका ग्राहकहरुलाई ६ महिने निशुल्क प्याकेट उपलब्ध गराउदै सिम कार्ड समेत निशुल्क उपलब्ध गराउने भएको छ । सिडिएमएका प्रयोगकर्ताहरुले  जी एस एम  GSM प्रविद्यिमा गएपछि टेलिफोन नम्वर भने परिवर्तन हुने छैन ।  साविक तेस्रो नम्वर ४ लाई परिवर्तन गरेर ६ मात्र बनाईने छ । सुरु देखीको अरु नम्वर पुरानै हुने छ ।
हिजो सम्म कसैले CDMA टेलिफोन प्रयोग गरिरहेका छन भने त्यस्ता ग्राहकलाई GSM मा रुपान्तरण गरि  निशूल्क सिम कार्ड उपलब्ध गराउने र ६ महिना निशुल्क सेवा दिने  कार्यक्रम टेलिकमको छ । टेलिकमको यो प्याकेजमा CDMA प्रयोग गर्ने ग्राहकहरुले १ हजार रुपैया माथिका फिचर फोन र स्मार्ट फोन भने आफै खरिद गर्नुपर्ने प्राविधिक प्रमुख तुइतुइले जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!