कोशी प्रदेशमा ५६ प्रतिशत धान रोपाइँ

Radio Nagarik 100.4 MHz सोमबार, साउन ०१, २०८०

विराटनगर । असार महिना सकिँदा कोशी प्रदेशमा करिब ५६ (५५.९०) प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार असार २८ सम्म कुल क्षेत्रफलको ५५।९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

कोशी प्रदेशका अधिकांश स्थानमा धान रोपाइँ भएको छ । कोशी प्रदेशको तराईका जिल्लामा ६०.३०, मध्यपहाडमा ४६.६४ र उच्च पहाडमा ४९.६८ प्रतिशत स्थानमा मात्रै रोपाइँ भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश विराटनगरका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीकाले बताउनु भयो ।

ताप्लेजुङ जिल्लामा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा ४३ प्रतिशतमा रोपाइँ भएको छ । सङ्खुवासभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि ५० प्रतिशतमा रोपाइँ भएको छ ।

सोलुखुम्बु जिल्लामा १ हजार ५ सय २५ हेक्टरमा धान खेती हुने भए पनि ८५ प्रतिशत रोपाई भएको कृषि तथा सहकारी मन्त्रालय काशीले जनाएको छ ।

त्यस्तै, पाँचथर जील्लामा ९ हजार २ सय ३ हेक्टरमा धान खेती हुँदै अएकोमा असार सकिँदासम्म ५२ प्रतिशत रोपाई भएको छ । इलाममा १४ हजार ८ सय १५ हेक्टरमा धान खेती हुने गरेकोमा ४५ प्रतिशत रोपाई भएको छ । १ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने भोजपुरमा ५६.०१ प्रतिशत रोपाई भइसकेको छ ।

त्यस्तै, तेह्रथुम जिल्लामा १० हजार १ सय ७५ हेक्टरमा धान खेती गरिदै आएकोमा ७० प्रतिशत रोपाई भइसकेको छ । ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटा जिल्लामा ४५ प्रतिशत रोपाई भएको छ । उदयपुर जिल्लमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि २५ प्रतिशत मात्रै रोपाई भएको छ । ओखलढुङ्गा जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये ५५.६० प्रतिशतमा मात्रै रोपाई भएको छ ।

खोटाङ जिल्लमा १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि ३३।५० प्रतिशतमा रोपाई भएको छ । झापा जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने भएपनि ६२.२९ प्रतिशतमा मात्रै रोपाई भएको छ । मोरङ जिल्लामा ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा ६५ प्रतिशतमा मात्रै रोपाई भएको कृषि तथा सहकारी मन्त्रालय कोशीले जनाएको छ ।

गत वर्ष असार सकिँदा कोशी प्रदेशमा ४८.६४ प्रतिशत स्थानमा रोपाई भएको कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिनुभयो ।

यता, सुनसरी जिल्लामा पनि अधिकतर स्थानमा धान रोपाई भएको छैन । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार सकिँदासम्म ५० प्रतिशत स्थानमा रोपाई भएको छ । कोशी प्रदेशमा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!