अघिल्ला दिनको तुलनामा आज र भोलि बढी पानी पर्ने

Radio Nagarik 100.4 MHz सोमबार, आषाढ २५, २०८०

काठमाडौं । आज र भोलि अघिल्ला दिनको तुलनामा देशभर बढी पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

तर लगातार झरी पर्ने सम्भावना भने छैन । ‘आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुन्छ,’ मौसमविद रोजन लामिछानेले भन्नु भयो ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्व भूभागतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।

मौसमविद बिनु महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाश क्षेत्रलाई बुझिन्छ । त्यो रेखा नेपालतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ । अहिले मनसुनी रेखा भारततर्फ छ । त्यसैले भारतमा अत्यधिक वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

मौसमविद लामिछानेका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आजै राति कोशी, मधेश, गण्डकी र लुम्बिनीमा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनको समयमा बाढी पहिरोको जोखिम रहने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!