एसईईमा संलग्न नक्कली प्रशिक्षार्थीहरू छुट्यो धरौटीमा

Radio Nagarik 100.4 MHz बिहिबार, बैशाख १४, २०८०

विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीहरू धरौटीमा छुटेका छन् ।
गत २०७९साल चैत्र १७ गते बाट संचालन भएको एसईई सामाजिक विषयको परीक्षामा मोरङ जिल्लामा अवस्थित परीक्षा केन्द्रहरू सरस्वती मा.वि. झोराहाट, जनता मा.वि पचाम र सार्वजनिक मा.वि. केराबारीमा नक्कली प्रशिक्षार्थी बनेर एसईई परीक्षामा संलग्न रहेको अरूको परीक्षा दिई रहेको अवस्थामा फेला परेको थियो ।

उनीहरुलाई शिक्षा ऐन २०२८ अन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान पश्चात सरस्वती मा. वि. झोराहाटका ५४ जनालाई २०८० साल बैसाख ११ गते नावालक बाहेक प्रति ब्यक्ति रू. ४० हजार धरौटीमा छुटेको र संचालक सन्तोष राई २ लाख धरौटीमा छुटेका छन् । त्यस्तै जनता मा. वि. पचामका १५ जनालाई २०८०साल बैसाख १२ गते प्रति ब्यक्ति रू ४० हजार धरौटीमा छुटेका छन् भने सार्वजनिक मा.वि. केराबारीका १२६ जना २०८० साल बैसाख १४ गते नावालक बाहेक प्रति ब्यक्ति रू. ४० हजार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!