विद्यालयमा आगजनी

Radio Nagarik 100.4 MHz आइतबार, बैशाख ०३, २०८०

विराटनगर । मोरङ जहदा गाउँपालिका ७ स्थित एक विद्यालयमा तोडफोड तथा आगजनी भएको छ । जहादा गाउँपालिका ७ स्थित महादेवटोलमा रहेको श्री महेन्द्र माविमा शनिवार राती तोडफोड तथा आगजानी भएको हो ।
अज्ञात समुहले सो विद्यालयको प्रशाशनिक भवन सहित ४ वटा कार्यालय सहित विद्यालयको महत्पूर्ण कागजातहरु जलाएर नष्ट गरिएको प्रअ सुरेश प्रसाद मण्डलले जानकारी दिए ।
मध्यरातमा अज्ञात समुहले विद्यालयको प्रअको कार्यालय र शिक्षकहरुको कार्यालयको ताल्चा फुटाई कार्यालयमा भएको गोदरेज (दराज) तोडेर दराजमा भएको सवै जिन्सी खाता , रसिद सहितका महत्पूर्ण कागजातहरु जलाएर नष्ट भएको प्रअ मण्डलले जानकारी दिए । मण्डलका अनुसार सो समुहले बालविकासको ताल्चा तोडेर कोठामा जडान गरेको एलसिडि समेत तोडेको हो ।
मध्य रातमा तोडफोड एवंम आगजनी भएपनि विहान मात्रै थाहा भएको उनले बताए । जानकारी आउन साथ प्रहरीलाई खवर गरेको उनले बताए ।
किन र कसले ताल्चा तोडेको बारे जानकारी नभएको र प्रहरीले छानबिन गरिरहेको उनले बताए । उता मोरङ्ग प्रहरीले घटनाको छानबिन भईरहेको जनाए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!