सिँचाइका लागि देवानगन्जमा डिप टुवेल, किसानहरू उत्साहित

डुमरलाल मेहता शुक्रबार, बैशाख ०१, २०८०

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका पालिकाभित्रका किसानलाई हौसला थप्दै सिँचाइका लागि डिप टुवेल बनाइदिएको छ।

भुमिगत जलश्रोत तथा सिचाइ विकास डिभिजन विराटनगरको सहयोग र सगुन जल उपभोक्त समिति देजानगञ्जको आयोजनामा देवानगञ्ज वडा नम्बर २ मा दुईवटा डिप टुवेल बनाइदिएको हो। दुई वर्ष अगाडिदेखि काम थालिएको डिप टुवेलको काम केही दिनअघि मात्र सम्पन्न भएको थियो।

शुक्रबार नयाँ वर्ष २०८० को अवसर पारेर गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले दुइटै डिप टुवेलको उद्घाटन गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, वडा नम्बर २ का अध्यक्ष जगनारायण मेहतासहित पालिकाकाका समस्त वडाध्यक्ष, जनप्रतिनिधि,  २ नम्बर वडाको कर्मचारी र किसानहरूको उपस्तिथिमा डिप टुवेलको उद्घाटन भएको हो।

उद्घाटनपछि बोल्दै अध्यक्ष मेहताले किसानको सिँचाइको सुविधाका लागि नै डिप टुवेल बनाइएको जानकारी दिए। पालिकाभित्रका ९० प्रतिशत स्थानीय कृषि पेशामा आधारित रहेको जनाउँदै उनले भने, यो त सुरुआत हो, किसानलाई हौसला बढाउने। अबको चार वर्षभित्र कृषकका हर समस्या समाधान हुने छन्।

छिमेकी मुलुक भारतको पञ्जाब–हरियाणामा हुने आधुनिक कृषि प्रणाली आत्मसात् गर्दै कृषि कर्ममा मानिसहरूलाई आत्मनिर्भर बनाउने योजनामा आफू रहेको पनि उनको भनाइ छ। पालिकाका विभिन्न स्थानमा डिप बोरिङ गरेर किसानलाई कृषिकर्ममा थप सहज बनाउने उनले बताए।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले कृषिमा आत्मनिर्भर रहेका देवानगन्जका स्थानीयलाई थप उत्साह थप्ने काममा आफूहरू खटिने उल्लेख गरे।

वडाध्यक्ष मेहताले गाउँपालिका अध्यक्ष किसानका समस्यालाई लिएर गम्भीर रहेको बताउँदै भने, उहाँले यसअघि नै भन्नुभएको थियो, पञ्जाब -हरियाणाको प्रविधि भित्र्याएर किसानलाई सहज बनाउँछु भनेर। हो, त्यही गतिमा काम भइरहेको छ। बोरिङ, मोर्टर राख्ने घर र पाइपलाइन बनाएर सिँचाइको काम थालिएको उनको भनाइ छ।

स्थानीय किसान सदानन्द मेहताले सिँचाइको समस्यासँग जुधिरहेका किसान गाउँपालिकाको सहयोगले उत्साहित भएको बताए। स्थानीय किसान विशेश्वर मेहता र विनोद मेहता लगायतले पनि पालिकाले गरेको सहयोगले आफूहरूलाई हौसला प्रदान गरेको सुनाए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!