रामनवमीको अवसरमा भगवान राम सँग सम्बन्धित भक्ती गीत सार्वजनिक

Radio Nagarik 100.4 MHz शुक्रबार, चैत्र १७, २०७९

विराटनगर । भगवान रामको जन्म दिवस रामनवमीको पावन अवसरमा भगवान राम सँग सम्बन्धित भक्ती मैथिली गीत सार्वजनिक भएको छ ।

रेडियो नागरिकको फुलडाली कार्यक्रमको प्रस्तोता प्रेमनारायण झाले रचना गरिएको आजुक दिन शुभ मंगल हे रघुनन्दन आयल’ बोलको मैथिली गीत रिलिज गरेको छ । रेम गाना क्रिएशनको आधिकारीक युट्यूब च्यानलमा यो गीत सार्वजनिक गरेको हो ।

विराटनगरमा अप्पन विराटगढ परोपकार समाजद्वारा आयोजित कार्यक्रमको बीच यो गित सार्वजनिक गरेको हो । भिडियोमा सहभागी कलाकार एवम निर्माण टिमलाई सम्मान समेत गरेको छ ।

यो गीतमा स्वर विरेन्द्र झाको र संगित हारुन रशिदको रहेको छ । भिडियोको निर्देशन राजु राजदेव चौधरी गरेको छ भने त्यस्तै नृत्य कोरियोग्राफी संजय साहको छ । अनिल कुमार साह गितका छायांकन गरेको छ ।

गितको भिडियोमा प्रमुख कलाकारका रुपमा मुन्ना झा र अनु तामाङ अभिनय गरेको छ । गीतको भिडियोमा अभियानी प्रवीण नारायण चौधरी,कमलेश कर्ण,नवीन कर्ण,गायक विरेन्द्र झा,लेखक प्रेम नारायण झा,अभियानी बसुन्धरा झा,राजेश झा लगायतक चर्चित ब्यक्तीत्वहरुको अभिनय गरेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!