राजनीतिक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सकस

Radio Nagarik 100.4 MHz बिहिबार, चैत्र १६, २०७९

विराटनगर । जनप्रतिनिधिको अनावश्यक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नमा सकस परेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा रहेको कृष्णा माध्यमिक विद्यालयमा अध्यक्ष चयन गर्नमा सकस परेको हो । योग्यता नपुगेका व्यक्तीलाई र हाम्रै ब्यक्ति तथा हाम्रै कार्यकर्तालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन दबाब दिएका कारणले अहिलेसम्म विद्यालय व्यवस्थापन समिति बन्न सकेको छैन् ।

गाउँपालिका अध्यक्षको हस्तक्षेपका कारण करिब डेढ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुन सकेको छैन् । जसका कारण विद्यालया विभिन्न गतिविधिमा अवरोध भइरहेको छ ।

अध्यक्षको दावेदारीका रूपमा कुन्दन कुमार मेहता र विन्देश्वरी मेहता अगाडी छन् । विन्देश्वरीको योग्यता पुग्दैन भने कुन्दनको योग्यता पुग्ने विद्यालयका प्रधानाध्यापक उमेश प्रसाद मेहता बताउँछन् । तर गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडाध्यक्ष अनिल भगत योग्यता नपुगेका विन्देश्वरीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेको विद्यालयका प्रधानाध्यापक मेहताले बताए ।

डेढ बर्षदेखि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको उनले बताए । करिब २ महिना पहिला सदस्य छनोट भइसकेको अवस्थामा राजननीति हाबी भएकै कारण अध्यक्ष छनोटमा सकस भएको उनको भनाइ छ ।

गाउँपालिका अध्यक्षलाई यस विषयमा जानकारी दिँदा वेवास्था गरिरहेको उनले बताए । ‘विन्देश्वरी मेहता उहाँकै मान्छे हो’, उनले भने, ‘अध्यक्षले भन्दिनु भयो भने विन्देश्वरी मेहताले मान्नुहुन्छ । तर अध्यक्ष्यले उहाँलाई नै बनाउनुपर्ने पक्षमा हुनुहुन्छ । यसमा सबै गाउँपालिका अध्यक्षकै हात छ ।’ अध्यक्ष चयन हुन नसक्दा हरेक निर्णय गर्न समस्या भएको बताए । केही निर्णय गर्नुपर्यो भने जेष्ठसदस्यको आधारमा विन्देश्री मेहेताकै अध्यक्षतामा बैठक बसिरहेको उनले बताए । तर अध्यक्ष छनोट नभएका कारण धेरै समस्या हुने गरेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता अध्यक्ष नबन्दैमा केही नहुने बताउँछन् । अध्यक्ष नभएपनि जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्न मिल्ने उनले बताए । उनले भने, ‘मैले सहमति गराउने भन्ने हुँदैन । प्रधानाध्यापकले मिलाउने हो सबै कुरा । विन्देश्वरी मेहता मेरो मान्छे भनेर चलाएको हल्ला मात्रै हो ।’ उनले सहमतिबाट सबै सदस्य चयन भइसकेको अवस्थामा सदस्यहरूले अध्यक्ष चयन गर्नुपर्नेमा गर्न नसकेपछि आफुलाई आरोप लगाएको बताए । ‘सदस्यले जसलाई बहुमत दिन्छ उही अध्यक्ष बन्छ’, उनले भने, ‘यसमा अध्यक्षले किन हस्तक्षेप गर्ने ?’

लामो समयको छलफल पछि पनि कुरा नमिल्दा प्रधानाध्यापकले आफुलाई बोलाएपनि अहिले नबोलाएको बताए । ‘सदस्य चयन नहुँदा हामीले गरिदियौँ, अध्यक्षमा कुरा नमिल्दा आरोप लगाउन मिल्दैन’, उनले भने । उनले विन्देश्वर मेहेता आफ्नो पार्टीको मान्छे नभएको बताए । उनले प्रधानाध्यापकले राजनीति गरेर विद्यार्थीको भविष्यमाथी खेलवाड गरिरहेको बताए । ‘प्रधानाध्यापक कुन्दन मेहतालाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ’, उनले भने, ‘कुन्दनलाई नै बनाउनुपर्छ भन्ने के छ ? विन्देश्वरीलाई तपाईँ पछि हटिदिनुहोस् भनेर किन भन्ने मैले ? बनाउने जिम्मा उहाँकै हो । कसरी बनाउनुहुन्छ, बनाउनुहोस् ।’

विन्देश्वरी मेहता जसपाका कार्यकर्ता भएकै कारण गाउँपालिका अध्यक्ष र वडाध्यक्षले अध्यक्ष बनाउने पक्षमा रहेको विद्यालयका विव्यस अध्यक्षका दाबी गरिरहेका कुन्दनले बताए । उनले आफुले विद्यालयको समग्र अवस्था सुधार गर्दै विद्यालयलाई नमुना बनाउनका लागि अध्यक्षमा दाबी गरिरहेको बताए । विव्यसको अध्यक्ष चयनमा जनप्रतिनीधिले हस्तक्षेप गर्नु गलत भएको उनको भनाइ छ ।

अध्यक्षका अर्का दावेदार विन्देश्वरी मेहताले विद्यालय धेरै पछाडी परेका कारण सुधारका लागि आफुले अध्यक्ष दाबी गरिरहेको बताए । उनले जेष्ठताको आधारमा आफ्नै अध्यक्षतामा बैठक बस्ने गरेको बताए । उनले भने, ‘सहमतिबाट मिलेर अघि बढौँ भन्ने हो । योग्यता भन्दा पनि विद्यालय सुधार गरौँ भन्ने हो । योग्यता नपुगेको भए अभिभावक भेलामा नै सदस्य चयन गर्दा भन्नुपथ्र्यो ।’

‘म गाउँपालिका अध्यक्षको नजिकको मान्छे भनेर हल्ला मात्र चलाइएको हो’, उनले भने, ‘अभिभावकको नाताले मैले विद्यालयको सुधारका लागि मात्रै दाबेदारी गरेको हुँ ।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!