देवानगञ्जमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

डुमरलाल मेहता मंगलबार, फाल्गुण ३०, २०७९

विराटनगर । सुनसरीको देवानगञ्जमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । सोमबार गाउँपालिकाले आयोजना गरेको ११३ औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिका भित्र रहेका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको महिला तथा बालबालिका शाखा प्रमुख सृजना पोख्रेलले बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित सबै महिला स्वास्थ्य स्वयंसेविकालाई  सारी र खादा अबिर लगाएर सम्मान गरेको हो ।


March 8 अर्थात २४ गतेमा हुनु पर्ने कार्यक्रम त्यो दिन होली र बिदा भएको कारणले गर्दा आज सोमबार गरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, स्वास्थ्य शाखा प्रमुख राकेश मेहता लागायतको उपस्थित रहेको थियो ।

 

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!