आन्दोलनको घोषणा

Radio Nagarik 100.4 MHz बिहिबार, फाल्गुण २५, २०७९

विराटनगर । पहचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दे कोशी प्रदेशको पुनः नामाङ्कन गर्न माग गरिएको छ । प्रदेशसभा वाट भएको नामाकरण प्रति असन्तुष्टी जनाउदै नामाकरण पुनः गर्नुपर्ने संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।जनता समाजवादी पार्टी, नेपालको लिम्बुवान, किराँत, शेर्पालुङ, मधेश, शिल्पी÷दलित राष्ट्रिय समिति आवद्ध संयुक्त संघर्ष समितिले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।जस अन्तरगत फागुन २८ गते आमहड्ताल गर्ने समितिले जनाएको छ । फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी संघर्ष समितिले फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने र चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!