एसएसवि र सशस्त्रको लाइनमा तस्करी

Radio Nagarik 100.4 MHz सोमबार, फाल्गुण २२, २०७९

जितेन्द्र ठाकुर
विराटनगर । सुनसरीको भण्डावारी र कोशी व्यारेजमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको अगाडी वाट नै तस्करी हुने गरेको पाइएको छ ।
भारत वाट खाद्यान्य सहित लताकपडा तरस्करहरुले शशस्त्र प्रहरी संग लाईन मिलाएर नेपाल भित्राउने गरेको हो । तरस्करहरुले डियुटीमा खटिएका शशस्त्र र जनपथ प्रहरीलाई जनही रु एक सय तिर्नु पर्ने तोकिएको छ भने हबलदार भेटिए रु ५ सय तीर्नु पर्ने नीति बनाएको छ । शशस्त्र प्रहरी बल वोर्डर आउट पोष्टका प्रमुखलाई मासिक ३ हजार बुझाउनु पर्ने छ । लाइन मिलाएर भारतवाट समान ल्याउन लागेको बेला एकासिक शशस्त्रका डिआईजीको केहि दिन अघि भण्टावारी जाने कार्यक्रम तय भएपछि लाईन मिलाएर नेपाल भित्राउन लागेको समान शशस्त्र नियन्त्रणमा लिएपछि शशस्त्रको मिलोमतोको तस्करी हुने गरेको रहस्य बाहिर आएको हो । शशस्त्र प्रहरीले भारतीय एसएसविलाई मिलाइदिने गरेको तस्करहरुले बताउने गरेका छन।त्यस्तै सुनसरीको भारतिय सिमावती टोल श्रीपुरजब्दीको बनेलनीपट्टि र बेला नाकाबाट नेपाल तर्फ दैनिक लाखौँ मूल्य बराबरको रजनीगन्धा तुलसी र पान मसला लागयतका अन्य सरसमानहरु राजस्व छली भित्राउने गरेको स्थानीयहरुले बताएका छन् । अबैध रुपमा राजस्व छलेर रजनी गन्धा लागयतका पान मसलाहरु सिमा वारपार , व्यपारा गर्ने तस्करहरुबाट नेपाल भित्रिने उक्त समानहरु भारतीय सिमा सुरक्षा बल र सिमा सुरक्षाका लागि नेपाल सरकारबाट जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको मिलोमतोमा तस्करी गरि ल्याएको उक्त समाग्रीहरु सहजै रुपमा पूर्वको बजारमा पुग्ने गरेको सिमा क्षेत्रका स्थानीय बासीहरु बताउँछन् । स्थानीय बेचन मेहताले शशस्त्रको मिलोमतोमा हुने गरेको तस्करीले बस्तीनै बदनाम हुने गरेको बताए ।स्थानीय नसिर मियाका अनुसार स्थानीय वासीहरुले नुन तेल ,चिनी, एक दुई केजी चामल लगायत अन्य दैनिक उपभोग्य खाद्यान्न वस्तु बनेलीपट्टिबाट श्रीपुर तर्फ ल्याउँदा एसएसविले अपशब्द प्रयोग गर्दै दुरव्यहार र कुटपिट गर्दै पठाउँछन् भने नेपालको शसस्त्र पुलिसले खानतलासी गर्दै दुख दिनुको साथै विवाह लागायतका सास्कृतिक पर्वमा अलि बढि समान घरायसी प्रयोजनका लागि ल्याउँदा तस्करीको समान भन्दै बरामद गरी भन्सार बुझाउने नाममा लुटेर लाने गरेको आरोप मिया लगाउँछन् ।विशेष गरी बनेलीपट्टि नाकाबाट नेपाल भित्रिने पान मसाला लागयतका समाग्री दैनिक पाँच लाख देखि १० लाख सम्म तस्करहरुले सहजै रुपमा ल्याउने गरेको र उनीहरुले ति समाग्री भित्राउने समयमा सशस्त्र प्रहरी बल र एसएसविको गस्ती टोली नदेखिने गरी लुकेर वस्ने गरेको उनले बताए । दुवै देशका सुरक्षाकर्मीको लाइन र सहयोग तस्करहरुलाई हुने गरेको स्थानीय रामेश्वर साहले बताए ।
सुनसरी लौकहीमा किराना पसल गर्ने एक व्यपारीले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै भने –‘दुवै देशका सुरक्षाकर्मीहरुले मूल्य बढि परिणाम थोरै हुने समाग्री भित्राउन तस्करलाई लाइन दिने गरेका छन् । उनीहरुबाट मोटो रकम दैनिक हप्ता र मासिक रुपमा लिने गरेको ती व्यापारीले बताएका छन् । शशस्त्र प्रहरी बल वोडर आउट पोष्ट भण्टावारीका प्रमुख लाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!