राष्ट्रपतिमा पौडेले मत माग्दै गठबन्धन संविधानको रक्षा गर्न गठबन्धन ः वक्ताहरु

Radio Nagarik 100.4 MHz शुक्रबार, फाल्गुण १९, २०७९

विराटनगर । मुलुकको तेश्रो राष्ट्रिपतिका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा मत माग्न आठ दलीय गठबन्धका नेताहरु विराटनगर आएका छन् ।
संविधान र लोकतन्त्रको रक्षा गर्न आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचँन्द्र पौडेल भएको भन्दै काग्रेस र नेकपा माओवादी केन्द्र लगायतका अन्य दलका नेताहरु कोशी प्रदेशका राजधानी विराटनगर आएका हुन् । आठ दलका प्रदेश सासदहरुलाई गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत दिन आग्रह गर्न उनीहरु विराटनगर आएका हुन ।
विराटनगरमा एक अभिमुखिकरणको आयोजना गरी उनीहरुले संविधान र लोकतन्त्र माथी विगतमा भएको प्रहार रोक्न गठबन्धन बनाएर पौडेललाई राष्ट्रिपतिको उम्मेदवार बनाएको बताएका छन् ।
विराटनगरमा शुक्रवार आठ दलीय गठबन्धनले आयोजना गरेको प्रदेशका सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधानको रक्षा गर्न रामचन्द्र पौडेल सक्षम भएका बताए ।
संसद् विघटनको स्मरण गर्दै उनले लोकतन्त्र संविधानको रक्षा गर्न र शान्तिप्रक्रिया टुग्याउन बाकी रहेको कामको लागि राष्ट्रिपतिमा पौडेल नै उपयुक्त भएको बताए । उनले विगतमा दुई पटक संसद विघटन भएकाले संविधान , गणतन्त्रको रक्षा गर्न शान्तिप्रक्रियाको बाकी काम पुरा गर्न पौडेललाई राष्ट्रपति बनाउन गठबन्धन बनेको बताए । बन्दकोठा वाट कार्यकारी प्रधानमन्त्रीलाई चलाउन खोज्ने प्रवृति बढेकाले एमाले संगको गठबन्धन तोडी निर्वाचनको बेला जनभावना अनुसार आठ दलिय गठबन्धन बनाएको उनले बताए । पौडेल
राष्ट्रपति भए मात्र शान्ति प्रक्रियाका बाँकी रहेका काम पुरा हुने भएकाले माओवादी र कांग्रेस गम्भीर हुनुपर्ने समेत उनले बताए।
एक तर्फ संविधान उल्ट्याउने खेल भएकाले यसको रक्षा गर्ने काम आफूहरूको काँधमा आएको उनको तर्क थियो। सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले मंसिर ४मा जनता समक्ष मत माग्न भएको गठबन्धनलाई फेरी बनाएर संविधानको रक्ष ागर्न अघि बढेको े बताए । उनले राष्ट्रपतिको निर्वाचन सम्म मात्र गठबन्धन नभएर ५ वर्ष सम्म नभत्काउने गरि सम्झेदारी भएको बताए ।
पद सेरेमोनियल भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको व्यवहारका कारण राष्ट्रपतिको चुनावले चर्चा पाएको बताए ।
उनले एमाले माओवादीसहित गठबन्धनमा एकले अर्कोलाई गाली नगरेको पनि बताए।
एमाले अध्यक्ष केपी ओलीले संसदमै संसद् विघटनको ढोक्सा थापेकाले लोकतन्त्र जोगाउन आठ दल एक ठाँउमा उभिएको बताए । एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राखेका कारण पनि गठबन्धन टुटेको र निर्वाचनको बेल ाबनेको गठबन्धन अझ बलियो बनेको दावी गरे ।
१० गते हाम्रो गठबन्धन टुट्नु गल्ती भएको भन्दै महामन्त्री शर्माले गठबन्धन पुस १० को जस्तो नभएको उनले बताए । यो गठबन्धन १२ बुँदे सहमतिसँग पनि जोडिएकाले नटुट्ने बताउदै भने –‘ गठबन्धन बनाउन शिर्षनेताहरु संविधान रक्ष ागर्न साक्षी बनेर विवर्श गरेर अघि बढेको हो ।‘

मोरङको विराटनगर ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरणमा उनले प्रदेशसभा सदस्यलाई फागुन २४ गते नै काठमाडौँ आउन आग्रह गरेका छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर प्रदेश १ का सांसदहरूको भेला भएको हो ।
८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले भने सुवास चन्द्र नेम्वाङलाई अघि सारेको छ।
राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदै छ।
यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई जिताउन नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे लगायतका सहभागिता रहेको थियो ।
आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्त पार्टी,नेपाल जनमत पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!