विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को समिति पुनर्गठन भएको छ । काठमाण्डौमा सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा पुनर्गठन गर्दे १सय २८ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् ।
त्यस्तै मुख्यसचिवमा घनश्याम कटुवाल रहेका भएका हुन ।
समितिको सचिवहरुमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ चयन भएका हुन ।
बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रदेश इन्चार्जसमेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ।
त्यस्तै पार्टी संगठनलाई व्यवस्थित गर्न जिल्ला र प्रदेशका सबै जिल्लामा पालिका स्तरीय समितिलाई आवश्यक्ता अनुसार गठन, पुनर्गठन गर्न गराउन पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ।
आसन्न स्ववियु निर्वाचनका सन्दर्भमा प्रदेशभित्रका सबै विश्वविद्यालय तथा क्याम्पसहरुमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई सक्रिय बनाई आवश्यक समन्वय गर्न गणेश राईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।