मेयरको बगडीयाको ठाडो आदेश

जितेन्द्र ठाकुर बुधबार, फाल्गुण १७, २०७९

विराटनगर । बाबुबाजेले पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा अरुले नै कब्जा गरेपछि एक परिवारको विच्चली भएको छ ।
रंगेलीका मेयर दिलीप बगडीयाको ठाडो आदेशले स्थानीय जानकी देवी साहको छोराहरुले जग्गा कब्जा गरे पछि पुस्तो देखि भोगचलन गर्दे आएको अजय कुमार राय परिवारको विच्चली भएको हो ।
रंलेगी नगरपालिका ७ की सोना देखि रायको नाममा रहेको ५ धुर जग्गा जानकी देवी साहका छोरा र नातीले शनिवार दिउसो मेयर बगडीयाको ठाडो आदेशमा प्रहरी लगाएर कुटपीट गर्दे जग्गा कब्जा गरेको पीडितले बताएका हुन ।
विराटनगर पत्रकार सम्मेलनको आयोजना गरेर अजय कुमार रायको आमाको नाममा रहेको साविक रंगेली २ (क) को किता नम्बर ४७ मा ५ धुर रहेको छ । हुलाकी सडक अन्तर्गत विराटनगर रंगेली सडकखण्ड निर्माण हुदा सो जग्गा मध्ये ३७ दशमलव ६ वर्ग मिटर सडकमा परेको र बाकी रहेको ४७ वर्ग मिटर जग्गा कुनै जानकारी नदिई शनिवार प्रहरी लगाएर जानकी देवि साहको छोराहरुले कब्जा गरेको पीडितको आरोप रहेको छ ।
पत्रकार सम्मेलनमा जग्गा धनिका छोरा अजय कुमार रायले विराटनगर रंगेली सडक खण्ड विस्तार हुदा सडकमा परेको र बाकी रहेको जग्गामा लगाएको पर्खालहरु समेत प्रहरीको सहयोगमा भत्काएर कब्जा गरेको बताए । आफ्नो जग्गा पछाडी जानकी देवीको नाममा रहेको १० धुर जग्गामा मिसाएर घेरेकोे बताए । नक्सामा जग्गा रहेपनि सदियारले हालसाविक गराएको पााइएपछि आफुहरु नापी कार्यालय र मालपोत कार्यालय रंगेलीले गरेको सिफारिस अनुसार जिल्ला अदालत विराटनगरमा नापी हालसाविक निर्णय राजनीनामा लिखित दर्ता बदर हक कायम गर्न दिएको मुद्दाको भोली पल्ट शनिवार नै प्रमाण मेटाउन मेयर बगडीयाको ठाडो आदेशले जग्गामा भएको पर्खाल र अन्य समान तोडफोड गरेर कब्जा गरेको बताए । मुद्दा गर्न नापी र मालपोत संग सवन्य गरेर नै मुद्दा गरे उनले भने – प्रमाण मेटाउन मेयरले विच्चली बनायो । संजयका अनुसार घरमा पुरुष मान्धे कोई पनि नभएको बेला विपक्षी लालबाबु साह , ओम प्रकाश साह, रमेश कुमार साह, रमेश कुमार साह , अशोक कुमार साह, नरेश कुमार साहले प्रहरीकै मिलोमतोमा घरेलु हातहतियार महिलाहरु माथी समेत कुटपीट गरेर गम्भीर घाईते बनाएको छ ।
प्रहरीमा बुझन जादा मेयर साहेवको आदेशले आफुहरु गरेको बताउने गरेको रायले बताए । उनका अनुसार मेयर संग अर्को जग्गा अरुलाई कब्जा कुन अधारमा गराई दिनुभएको सोध्दा मैले नै आदेश दिएको बताउने गरेको उनले बताए ।
उता मेयर बगडीया संग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएन । तर ईप्रका रंगेलीका प्रमुख शैलेश कुमार न्योपाने पनि सम्पर्कमा आउन चाहेन ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!