देवानगञ्जमा महिला सशक्तिकरण तालिम सुरु

डुमरलाल मेहता बुधबार, फाल्गुण १७, २०७९

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा महिला सशक्तिकरण तालिम सुरु भएको छ । हाम्रो विचार शिक्षित र सम्बद्ध समाज नाराको साथ मंगलवार ग्रामीण जन समुदाय केन्द्रको आयोजना र देवानगञ्ज गाउँपालिकाको सहयोगमा दुई दिने महिला सशक्तिकरण तालिम सुरु भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले महिला भित्र रहेको शक्ति र क्षमता कसरी प्रगोग गर्न सकिन्छ भन्ने यो तालिम बाट सिकिन्छ । महिला सशक्तिकरण तालिम लिएर यहाँ उपस्थित सबैले ब्यहवारमा लागु गर्नु हुन्छ भन्ने विश्वास लिएको अध्यक्ष मेहताले भन्नुभयो । वडा नम्बर २ को वडा अध्यक्ष जगनारायण मेहताले गाउँमा हुने गरेको महिला हिंसा न्युनिकरणका लागि यो कार्यक्रम आवश्यक रहेको छ । आयोजकले यो २ दिन महिला सशक्तिकरण तालिममा यहा उपस्थित सबैलाई महिला सशक्तिकरण र महिला हिंसा सम्बन्धी जनकारी गराउने छ वडा अध्यक्ष मेहताले बताउनु भयो ।

देवानगञ्ज गाउँपालिका भरि नमहिला सशक्तिकरण तालिम सञ्चालन भईरहेको र आज मंगलवार ६ औँ नम्बरमा सुरु भएको ग्रामीण जन समुदाय केन्द्रको अध्यक्ष शान्ति मेहताले बताउनुभयो ।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष जगनारायण मेहता, वडा सदस्य रबेन्द्र मेहता, राम कुमार भगत, महिला वडा सदस्य उषा देवी यादव, । ग्रामीण जन समुदाय केन्द्रको अध्यक्ष शान्ति मेहता लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!