तस्करी र लागुऔषध नियन्त्रण गर्न भारतीय प्रहरीको संग सवन्वय

सिमावर्ती क्षेत्रमा ७ दर्जन प्रहरी परिचालन

Radio Nagarik 100.4 MHz बुधबार, फाल्गुण १७, २०७९

जितेन्द्र ठाकुर
विराटनगर । भारतीय सिमावर्ती क्षेत्र वाट हुनेगरेको चोरी तस्करी र लागुऔषध ओसारपसारलाई निष्तेज पार्न सुनसरी प्रहरी सात दर्जन प्रहरीको स्पेशन टोली गठन गरेको छ । सिनियर अधिकृतलाई अनुगमनको जिम्मेवारी दिदै सुनसरी प्रहरी भारत संग जोडिएको ६२ किलोमिटर खुल्लासिमा वाट हुने गरेको तस्करी र लागुऔषध ओसारपोसार कामलाई निष्तेज पार्न स्पेशन टोली गठन गरेर परिचालन गरेको हो ।
सुनसरी प्रहरीका प्रमुख प्रभु ढकालका अनुसार भारतीय प्रहरी संग सवन्वय गरेर सिमा क्षेत्र वाट हुने गरेको खाद्यान्य , लागुऔषध र लताकपडाको औसारपोसार गर्ने कामलाई निर्मुल पार्न टोली परिचालन गरेको हो ।
प्रहरी प्रमुख ढकालले सिमाक्षेत्र वाट हुने अपराध र तस्करीलाई नियन्त्रण गर्न टोलीलाई पूर्ण जिम्मेवारी दिएर खटाइएको बताए ।
सुनसरी प्रहरीले नियन्त्रण गर्ने अभियान सुरु गरेपछि भारतीय प्रहरीले समेत सहयोग गर्ने गरेको उनले बताए । हामीले अपराधीक गतिविधि र तस्करी गर्न सहयोग गर्ने स्थानमा भारती प्रहरीले छापा मार्दे आएको छ उनले भने –‘ अहिले ठुलो सफलता प्रहरीले हात पार्दे गएको छ ।
प्रहरीका अनुसार गत आर्थीक वर्षमा ३ करोड २९ लाख बराबरको विभिन्न प्रकारको राजश्व नतिरी ल्याएको सरसमान नियन्त्रणमा लिई भन्सार दाखिल गरेकोमा चालु आर्थिक वर्षको ६ महिनामा नै स्पेशल टोली परिचालन गर्दा ३ करोड ८१ लाख बराबरको सरसमान भन्सारमा बुझाएको छ ।
टोली परिचालन गरेपछि नियन्त्रणमा आएको छ उनले भने –‘ घरायसी प्रयोजनको लागि भन्दै ल्याएको समानको पनि प्रहरी सुक्ष्म तरिकारले निगरानी गर्दे आएको छ ।
कसैले तस्करी बढ्यो भन्ने कुरा निराधार हो उनले भने –‘ त्यस कुरामा म सहमत छैन ।‘
यसै बिच सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित नरकटियाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्रले १२ बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।
सशस्त्रको वसन्तपुर बीओपीबाट खटिएको ७ जना मोबाइल गस्तीको टोलीले सोमबार राति करिब १० बजेतिर गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीले गाँजा बरामत गरेर सुनसरी प्रहरीलाई बुझाएको छ ।
एस पी ढकालका अनुसार शशस्त्र प्रहरीले बुझाएको गाँजा सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।
बरामद गाँजा २५८ किलोग्राम रहेको उनले जानकारी दिए । भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको ‘बिआर १ एके ७१००’ नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्दा सशस्त्रले गाँजा बरामद प्रहरीले जनाएको छ ।


प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालक भने गाडी नरोकी भाग्ने प्रयास गर्दा गाडीको पिछा गर्ने क्रममा खेतको छेउमा गाडी र गाँजा बरामद गरिएको हो ।
प्रहरीका अनुसार चालक फरार छन्। फरार चालकको खोजी भारतीय प्रहरीको सवन्यमा तिव्र पारिएको बताइएको छ ।
सुनसरी र सप्तरीको सिमा भएर बग्ने सप्तकोशी नदि हुदै प्रतिबन्धीत गाजाँको तस्करी बढेपछि धमाधम प्रहरी नियन्त्रण गर्न थालेपछि सुनसरीको दक्षिणी भेग वाट पछिल्लो समय गाजाँ तस्करी सक्रिय भएको बताइएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!