बर्जु गाउँपालिकाका शिक्षकहरुले गरे पठन पाठन बहिस्कार

डुमरलाल मेहता मंगलबार, फाल्गुण ०९, २०७९

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका शिक्षकहरुले ५ महिनादेखी तलव खान नपाएको आक्रोसमा विद्यालयको पठन पाठन बहिस्कार गरेका छन । शिक्षण सिकाई अनुदान कार्यक्रम अन्र्तगत नियुक्ती भएका आधा दर्जन शिक्षहरुले परिक्षाको मुखमा आएर पठन पाठन बहिस्कार गरेका हुन ।

पहिलो त्रैमासिकको तलव दशै अगावै बर्जु गाउँपालिकाले स्रोत भर्ना गरि उपलब्ध गराएर थामथुम पारेको थियो । शिक्षा तथा प्रविद्यि मन्त्रालयको अनुदान शाखा भक्तपुरले तलव निकासा चाडै गरेर पठाउने आश्वासन दिईरहेको तर निकास नगरेकोले शिक्षकहरु आन्दोलित भएका हुन ।

पाँच महिनादेखी तलव पाउन नसकेका शिक्षकहरुले जीविकोपार्जन गर्न अत्यन्तै कस्टर बनेको र आफूहरु बाध्य भएर विद्यालय बहिस्कार गर्नु परेको बताए ।

बर्जु गाउँपालिका वडा न ४ मा संचालित जनकल्याण माध्यमिक विद्यालय , सोही पालिका वडा न ३ को श्री नेपाल राष्ट्रिय शिब माध्यमिक विद्यालय र सार्वजनिक आधारभूत निम्न माध्यमिक विद्यालयका शिक्षकहरुको तलव ५ महिनादेखी आएको छैन ।

यसरी शिक्षहरुले एक सातादेखी विद्यालय जान छाडेपछि परिक्षाको मुखमा विद्यार्थीको पठन पाठन प्रभावित भएको छ । बर्जू गाउपालिकाले पिडित शिक्षकहरुलाई बोलाएर पून विद्यालय फर्कन आग्रह गरेको छ । तर शिक्षकहरु तलव नपाई विद्यालय जाने अवस्था नरहेको बताउदै आएका छन ।

बर्जू गाउपालिकाका अध्यक्ष जीबछ रायले छिटो तलव निकासा गर्न शिक्षा मन्त्रालयको अनुदान शाखामा दवाव दिईरहेको र अझै निकासमा विलम्ब भए गाउँपालिका सहमतिमा जुटेर समस्याको समाधान गर्ने बताए ।

उत्ता पिडित शिक्षकहरुले गाउँपालिका शिक्षा शाखाको हेलचर्काईका कारण पिडित हुँदै आएको आरोप लगाए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!